4 days ago
November 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आजबाट सुरु यु १९ एसिया कपमा नेपालले श्रीलंकाविरुद्ध पहिलो विकेट गुमाएको छ ।
युएईमा जारी खेलमा श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याइरहेको नेपालले ओपनर आकाश त्रिपाठीलाई पहिलो विकेटका रुपमा गुमाएको हो ।
११औ ओभरको अन्तिम बलमा नेपालले आकाशलाई गुमाएको हो । उनी मधुलन कुगाथाको बलमा ३३ बलमा १९ रन बनाउँदै आउट भएका हुन् ।
नेपालले अहिले १३औं ओभरको समाप्तीमा १ विकेट गुमाएर ४७ रन बनाएको छ । क्रिजमा ओपनर मयन यादव र अर्जुन कुमाल रहेका छन् ।
त्यसअघि युएईको सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरको अन्तिम बलमा अल आउट हुदै २ सय ३३ रनमा समेटिएकाे थियाे ।
December 3, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो मंगलवार नेपाल आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विलियमलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेतले स्वागत गरेका थिए । ३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ‘ए’ र टि ट्वान्टी प्रतियोगिता खेलेका छन् । उनले […]
December 3, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ एसिया कपमा मंगलवार नेपालले अफगानिस्तानमाथि रोमान्चक जित हासिल गरेको छ । एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानमाथि १ विकेटको रोमान्चक जित हात पारेको हो । १ सय २४ रनको सामान्य लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन […]
December 3, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स ७४ रनमा अल आउट भएको छ । चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनमा पराजित गरेको हो । मंगलवारको दोस्रो खेलमा चितवनले दिएको १ सय ६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको पोखरा ७४ रन बनाउँदै १३.२ ओभरमा अल आउट भएको हो । पोखराका […]