1 year ago
December 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ एसिया कपमा बुधवार अफगानिस्तानलाई १ विकेटले हराउँदा नेपालका कप्तान हेमन्त धामीले अलराउण्ड प्रदर्शन गर्दै प्लेयर अफ द म्याच पाए । १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको खेलमा हेमन्तले अविजित २२ रनको इनिङ खेल्नुको साथै २ विकेट लिए ।
त्यसअघि शारजाहमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान २७.१ ओभरमा ९१-७ को अवस्थामा थियो । अन्तिम आशाको रुपमा अफगानिस्तानका अल्लाह मोहम्मद घजान्फर थिए । १८ वर्षीय घजान्फर विश्व क्रिकेटकै उदयमान अलराउण्डर हुन् ।
उनले अफगानिस्तानको सिनियर टोलीबाट उनले ८ ओडीआईमा १२ विकेट लिइसकेका छन् । शारजाहमै गत सेप्टेम्बरमा ओडीआईमा बंगलादेशविरुद्ध उनले एकै खेलमा ६ विकेट लिएका थिए । स्पिनसँगै तल्लोक्रममा ठूला सटको क्षमता राख्छन् ।
आइपिएल अक्सनमा उनलाई किन्न अघिल्लो साता मुम्बईले ४ करोड ८० लाख भारु (झण्डै ८ करोड नेपाली रुपैयाँ) खर्च गरेको थियो । न्यूनतम ७५ लाख भारु राखेका उनलाई किन्न मुम्बईसँगै कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा भएको थियो ।
२८ औं ओभरमा हेमन्त बलिङमा आउनु अघि अफगानिस्तान ८६-७ को अवस्थामा थियो । घजान्फर १ चौकासहित ५ रनमा नटआउट थिए । हेमन्तलाई २८ औं ओभरको पहिलो बलमै उनले छक्का हाने । लेन्थको बललाई मिडविकेटको माथिबाट खेलेका थिए । तर दोस्रो अफसाइडको स्वलो योर्कर बलमा उनी बोल्ड आउट भए । त्यसपछि दौडिएर केही पर गए । अनि बस्दै उनलाई फ्लाइंग किस दिए ।
क्रिकेटमा जति ठूलो नाम त्यतिनै बलरलाई सेलेब्रेसन गर्न मज्जा आउँछ । हेमन्त नेपाली क्रिकेटमा बसेर फ्लाइंग किस गर्ने आफ्नो ट्रेडमार्क बनाउन चाहन्छन् ।
‘आफ्नो ट्रेडमार्क बनाउन यो सेलेब्रेसन गरेको हो । ललित राजवंशी दाइको आकाशतिर गर्ने किस छ । त्यसैले मैले भुईमा बसेर उक्त सेलेब्रेसन गर्दै आफ्नो ट्रेडमार्क बनाउन खोेजेको हो । यस्तो सेलेब्रेसन गर्न पहिला देखिनै खोजेको थिए’, हेमन्तले भने ।

गत जनवरीमा आईसीसी यू१९ विश्वकपमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । अफगानिस्तान सुपर सिक्समा पुग्न नसकेपछि २०२६ को विश्वकप खेल्न छनोट खेल्नुपर्नेछ ।
२०२५ अप्रिलमा हुने एसिया क्षेत्र छनोटमा घरेलु टोली नेपालसँगै ओमान, युएई, हङकङ र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोविनको आधारमा हुने उक्त छनोटको एक टोली मात्रै २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकप खेल्न पाउनेछन् ।
नेपाल घरेलु मैदान र समर्थकको फाइदा उठाउन चाहन्छ । तर अफगानिस्तान मुख्य विपक्षी देखिन्छ । त्यसमा पनि घजान्फरको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ । त्यसै समयमा आइपिएल रहेकाले उनको अनुपस्थिति रहने सम्भावना भने छ । तर यसै साता उनले यू१९ एसिया कपका क्रममा अफगानिस्तानको खेल नभएको दिन टि१० लिगका खेल खेलेका थिए । त्यसैले भारतमा हुने आइपिएल दौरान उनी नेपाल आएर खेल्ने सम्भावना पनि छ ।
तर हेमन्त खेलाडीको नामले खासै फरक नपर्ने बताउँछन् । ‘यो बारेमा सोचेको छैन । बल बाइ बल खेल्ने हो । बल हेरेर खेल्ने हो । अगाडि आइपिएल खेलेको छ की छैन भन्ने हुँदैन’, उनले भने ।
हेमन्तले पहिलो पटक नेपालको यू-१९ टोलीको कप्तानी गरे । उनको कप्तानीमा एसिया कपमा नेपाल बंगलादेश र श्रीलंकासँग पराजित भयो । अफगानिस्तानलाई भने हराउन सफल भयो । हेमन्त आफूले सोचे जस्तो नतिजा नआएको बताउँछन् ।
‘जुन हिसाबले नेपालबाट आएका थियौ त्यस्तो नतिजा आएन । अफगानिस्तानलाई हराउँदै राम्रो अन्त्य गयौं । यो जितले विश्वकप छनोटमा मनोबल झनै उच्च हुनेछ’, उनले भने ।
हेमन्तले अब नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको लागि खेल्नेछन् । उनीसँगै यू१९ टोलीका आकाश त्रिपाठी पनि जनकपुरमै छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]