1 year ago
December 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को बिहीवारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सकाविरुद्ध काठमाडौं गुर्खाजले टस जितेको छ ।
टियु क्रिकेट मैदानमा भएको टस जितेर काठमाडौंका कप्तान करण केसीले बलिङ रोजेका हुन् । १ खेलमा जित १ मा बेहारेको काठमाडौं बलियो टोली सुदूरपश्चिमलाई हराएर जितको लयलाई निरन्तरता दिन चाहन्छ ।
पहिलो खेल जितेको सुदूरपश्चिम त्यसलाई निरन्तरता दिन चाहन्छ ।
बुधवार कर्णाली याक्ससँग खेलेको काठमाडौंको टोलीमा १ परिवर्तन भएको छ । दिपेश कडेलको स्थानमा प्रतिक श्रेष्ठले मौका पाएका छन् ।
काठमाडौं गुर्खाजको प्लेईङ-११
करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, शंकर राना, रसिद खान, सुमित महर्जन, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी (विकेटकिपर), नाथन स्वटर
मंगलवार विराटनगर किंग्ससँग खेलेका २ खेलाडी परिवर्तन गरेको छ । सुदूरपश्चिमका बसन्त खत्री र अमित श्रेष्ठ बेन्चमा रहँदा रोहन मुस्ताफा र नरेन साउदले टोलीमा मौका पाएका छन् ।
सुदूरपश्चिम रोयल्स प्लेईङ-११
दीपेन्द्रसिंह ऐरी, रोहन मुस्ताफा, विनोद भन्डारी(विकेटकिपर), ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]