1 year ago
December 6, 2024
एजेन्सी – बोर्डर गावास्कर ट्रफी अन्तर्गतको दोस्रो टेस्टको पहिलो इनिङमा पाहुना टोली भारत १ सय ८० रनमा अल आउट भएको छ ।

दोस्रो टेस्टको पहिलो इनिङमा शुक्रवार टस जितेर ब्याटिङ गरेको भारतले मिचेल स्टार्कको ६ विकेट लिएपछि भारत सस्तैमा समेटिएको हो । भारतका लागि युवा ब्याटर नितिसकुमार रेड्डीले सर्वाधिक ४२ रन जोडे । उनले ५४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
केएल राहुलले ६४ बलमा ३४, शुभमन गिलले ३१, रविचन्द्रन अश्विनले २२ बलमा २२, रिषभ पन्तले २१ रन जोडे ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले १४.१ ओभरमा ४८ रन खर्चिएर ६ विकेट लिए । नाथन लायन र स्कट बोल्यान्डले समान २ विकेट लिए ।
भारत ५ टेस्ट सिरिजका लागि अस्ट्रेलिया भ्रमणमा छ । पहिलो टेस्टमा भारत २ सय ९५ रनले विजयी भएको थियो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]