1 month ago
December 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को सातौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ ।
कीर्तिपुरस्थिती टियु मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।
लुम्बिनीले सुरुवाती दुवै खेलमा हार बेहोरेर दबाबमा छ। पहिलो खेलमा विराटनगर किंग्ससँग हारेको लुम्बिनीले पोखरा एभेन्जर्ससँगको खेल पनि गुमाएको थियो । सुदूरपश्चिम भने लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर र दोस्रोमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो ।
लुम्बिनीले शुक्रवार पोखरा एभेन्जर्ससँग खेलेको टोलीमा १ परिवर्तन गरेको छ । लुम्बिनीले आतुतोष घिरैया बेन्चमा रहँदा अर्जुन साउदले टिममा मौका पाएका छन् ।
लुम्बिनी लायन्सको प्लेइङ-११
रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, सुर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, टम मुर्स, उन्मुक्त चन्द(विकेटकिपर), साद वीन जाफर र रेमन सिमोन्डस
सुदूरपश्चिमले बिहीवार काठमाडौं गुर्खाजसँग खेलेको टोलीमा १ परिवर्तन गरेको छ । विदेशी खेलाडी रोहन मुस्ताफालाई बेन्चमा राख्दा बसन्त खत्रीलाई मौका दिएको छ ।
सुदूरपश्चिम रोयल्स प्लेईङ-११
दीपेन्द्रसिंह ऐरी, बसन्त खत्री, विनोद भन्डारी(विकेटकिपर), ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लबले धनगढीमा जारी महिला प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । एपिएफले बुधवार गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा २ विकेट गुमाएर […]