1 year ago
December 7, 2024
एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध आफ्नो सानदार प्रदर्शनलाई निरन्तरता दिएकोछ ।

दोस्रो दिनको खेल सकिँदा भारत १२८-५ को अवस्थामा छ । दोस्रो इनिङको ब्याटिङ गरी रहेको भारत २९ रनले पछिछ । भारतका नितेश कुमार रेड्डी १५ र ऋषभ पन्त २८ रनमा क्रिजमा छन् ।
ओपनर यशस्वी जैसवाल २४, लोकेश राहुल ७, शुभमन गिल २८, विराट कोहली ११ र रोहित शर्मा ६ रनमा आउट भए । अष्ट्रेलियाका प्याट कमिन्स र स्कट बोलाण्डले २-२ विकेट लिएका छन् ।
त्यसअघि अष्ट्रेलिया पहिलो इनिङमा ३ सय ३७ रनमा अल आउट भएको थियो । ट्रविस हेडले १ सय ४१ बलमा १७ चौका र ४ छक्कासहित १४० रनको शतकीय इनिङ खेलेका थिए । उनको टेस्ट करिअरको यो आठौं शतक हो । भारतका जस्प्रित बुमराह र मोहम्मद शिराजले ४-४ विकेट लिए ।
त्यसअघि भारत पहिलो इनिङमा १ सय ८० रनमा अल आउट भएको थियो । नितेश कुमार रेड्डीले सर्वाधिक ४२ रन बनाएका थिए । अष्ट्रेलियाका मिचेल स्टार्कले ६, प्याट कमिन्स र स्कट बोलान्डले २-२ विकेट लिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]