1 month ago
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले ब्याटिङ रोजेका हुन् ।
सुरुवाती २ खेलमा हार बेहोरेर प्रतियोगिताको खराब सुरुवात गरेको कर्णालीले पछिल्लो २ खेल भने जितेको छ ।
कर्णाली ४ अंकका साथ तालिकाको चौथो स्थानमा छ । जनकपुर र काठमाडौंसँग पराजित कर्णालीले विराटनगर र चितवनमाथि जित निकालेको थियो ।
३ खेलमा पोखरा २ अंकका साथ तालिकाको पाँचौ स्थानमा छ । पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले पछिल्लो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो ।
शुक्रवार लुम्बिनीविरुद्ध खेलेको टिममा पोखराले कुनै परिवर्तन गरेको छैन ।
पोखरा एभेन्जर्सको प्लेइङ-११
कुशल भुर्तेल, दिलिप नाथ, सागर ढकाल, दिनेश खरेल, माईकल लिस्क, नारायण जोशी, आकाश चन्द, विपिन खत्री, आन्द्रस गौस(विकेटकिपर), रेमन रिफर, म्याट क्रिट्ली
शनिवार विराटनगर किंग्ससँग खेलेका कर्णालीका शिखर धवन स्वदेश फर्किएकाले उनको स्थानमा बाबर हायातले मौका पाएका छन् ।
कर्णाली याक्सको प्लेइङ-११
सोमपाल कामी, बाबर हायात, चाडविक वाल्टन(विकेटकिपर), विलियम बासिस्टो, जिशान मक्सुद, अर्जुन घर्ती, देव खनाल, विपिन शर्मा, गुलशन झा, युनिश विक्रम सिंह ठकुरी, नन्दन यादव
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लबले धनगढीमा जारी महिला प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । एपिएफले बुधवार गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा २ विकेट गुमाएर […]
January 14, 2025
धनगढी (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप टि ट्वान्टी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन एपिएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। दिनको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १ सय ११ रनले हरायो। फाप्ला क्रिकेट मैदानमा १ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र बनाउन सक्यो । कर्णालीबाट दिक्षा पुरीले सर्वाधिक […]