default_image

12 months ago

December 12, 2024

जनकपुर अन्तिम खेल अघि नै प्लेअफमा

1335 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) काठमाडौं गुर्खाजलाई पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुगेको छ ।

बिहीवारको दोस्रो खेलमा काठमाडौंमाथि ५ विकेटको जितका साथ जनकपुर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । १ सय २ रनको झिनो लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।

जनकपुरका लागि हर्ष ठाकरले नट आउट रहेर सर्वाधिक २७ रन जोडे । उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । जिमी निशम २५ बलमा १ चौका र १ छक्काको सहित २५ रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुँदै १ सय १ रनको झिनो योगफल तयार गरे ।

काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ चौका प्रहार गरे । कप्तान करण केसीले १३ बलमा १९ रन जोडे ।

माइकल लेभिट ६ बलमा ८ रन बनाउँदै किशोर महतोको बलमा आउट भए । लेभिट मोहम्मद मोहसिनबाट समातिए ।

सातौं ओभरमा ललितनारायण राजवंशीले दुई विकेट निकाले पछि जनकपुर खेलमा पूर्णतः हाबी भएको थियो । ललितले १७ रन बनाएका स्टेफन स्किनाजी र रनको खाता नै नखोलेका सुमित महर्जनलाई पेभिलियनको बाटो देखाएका थिए । शेर मल्लले २०औं ओभरमा २ विकेट लिदै काठमाडौंलाई अल आउट गरे ।

जनकपुरका लागि ललित र शेरलर समान ३, मोहम्मद मोहसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए । आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको थियो ।

जनकपुरले आफ्नो अन्तिम खेल आइतवार चितवन राइनोजसँग खेल्नेछ। काठमाडौंले पोखरा र विराटनगरसँग खेल्न बाँकी छ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.