12 months ago
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को शनिवारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले मध्यम लक्ष्य पाएको छ ।
टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले पोखराबाट १ सय ३९ रनको मध्यम लक्ष्य पाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको हो ।
पोखराका लागि रेमन राइफरले नट आउट रहँदै सर्वाधिक ४१ रन जोडे । उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे । दिनेश खरेलले २५ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३८ रन जोडे । दिनेश टिमको स्कोर ४४ रन हुँदा राशिद खानबाट एलबिडब्लु सिकार भए । दिलिप नाथले २४ बलमा २ छक्काको प्रहार गर्दै आउट भए । २७ रन बनाएका दिलिप राशिदकै बलमा बोल्ट आउट भए ।
आन्द्रेश गौस रनको खाता नै नखोल्दै जेहार्ड एरास्मसको बलमा माइकल लेभिटबाट समातिए । कप्तान कुशल भुर्तेल ७ रन बनाउँदै राशिदकै बलमा बोल्ड आउट भए । यसै खेलमा एनपिएल डेब्यु गरेका भारतीय घरेलु खेलाडी आकर्षित गोमिल ८ रन बनाउँदै माइकल लेभिटको एलबिडब्लु सिकार भए ।
१७औं ओभरमा कप्तान करण केसीले माइकल लिस्क तथा नारायण जोशीलाई पेभिलियनको बाटो देखाए पछि काठमाडौं पोखराविरुद्ध पुरै हाबी भएको थियो । १९औं ओभरको तेस्रो कप्तान करणले विपिन खत्रीलाई ४ रनमा आउट गराएका थिए । काठमाडौंका लागि राशिद खान र कप्तान करण केसीले समान ३ तथा जेर्हाड एरास्मस र माइकल लेभिटले समान १ विकेट लिए ।
यस खेलमा विजयी हुने टोलीको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ । पराजित हुने टोलीको पनि अंक गणितीय सम्भावना कायमै रहनेछ । आजै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजको सामना गर्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]