1 year ago
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ ।
समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो ।
पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
१ सय ५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक रन ४७ जोडिन् । उनले ४७ बलमा ४ चौका प्रहार गरिन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।
पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन जोडिन् । उनले ४४ बलमा २ चौका प्रहार गरेकी थिइन् ।
नेपालले पहिलो ओभरको तेस्रो बलमा विकेट लिए पनि त्यसपछि पाकिस्तानका ब्याटरहरु क्रिजमा जमेपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको हो ।
महम अनिसले ३७ बलमा २ चौकाको सहयोगमा २९ तथा रभेल फरहानले १५ बलमा १३ रन जोडिन् ।
नेपालका लागि कप्तान पूजाले २ तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १ विकेट आफ्नो नाममा गरे ।
नेपालले मंगलबार समूह बी कै खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपालले सुपर ४ मा समूह ए को शीर्ष २ टोलीसँग खेल्नेछ । सुपर ४ को खेल विहीबार र शुक्रबार हुनेछ । सुपर ४ को शीर्ष २ टोलीले आइतबार फाइनल खेल्नेछन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]