12 months ago
December 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा वर्षा रोकिएपछि ११ ओभरको खेल हुने भएको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा बंगलादेशले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ । नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपाली समय अनुसार बिहान ११ः१५ मा हुनु पर्ने टस वर्षाका कारण हुन सकेको थिएन । झन्डै २ घण्टापछि सुरु हुन लागेको खेल प्रति इनिङ ११ ओभरको हुनेछ ।
प्रतियोगिताको फाइनल पुग्न नेपाललाई जितको विकल्प रहेको छैन । भारत ७ अंकसहित फाइनल पुगिसकेको छ । नेपाल र बंगलादेशको समान ४-४ अंक छ । आजको खेलमा अंक बाडेमा नेट रनरेटका आधारमा बंगलादेश फाइनल पुग्नेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् ।
सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग नतिजा विहीन खेल खेलेको थियो । बिहीवारको खेलमा वर्षाका कारण खेल प्रभावित हुँदा नेपालले श्रीलंकासँग अंक बाडेका थिए । सुपर फोरको पहिलो खेलमा भने बंगलादेश भारत यु १९ सँग ८ विकेटले पराजित भएको थियो । आज नै पहिलो खेलमा भारतले श्रीलंकालाई ४ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा भारतसँगको खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । पहिलो संस्करणको एसिया कपमा नै नेपालले सुपर फोरमा स्थान बनाएको हो ।
सुपर ४ मा भारत, नेपाल, श्रीलंका र बंगलादेशले स्थान बनाएका छन् । सुपर फोरमा अर्को समूहबाट आएका २ टोलीसँग खेल हुनेछ । सुपर ४ को शीर्ष २ मा रहने टोलीले उपाधिका लागि खेल्नेछन् ।
फाइनल आइतबार हुनेछ । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो । यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]