4 weeks ago
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टी२० क्रिकेटमा कुनैपनि एक खेलाडीको प्रदर्शनले टोलीको हाार वा जित निर्धारण गर्नसक्छ । त्यति मात्रै होईन पुरै टोलीको मनोबल र मोमेन्टमलाई पनि फरक पार्ने गर्दछ । त्यसैले अक्सन वा अनुबन्ध गर्दा सबै टोलीले प्रमुख खेलाडीलाई पहिलो प्राथमिकतामा राख्छन् ।
नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्सले उपाधि जित्यो । झण्डै एक महिना चलेको प्रतियोगितामा केही युवा खेलाडीहरुले राम्रो प्रदर्शन गरे । तर आशा गरेका थुप्रै क्रिकेटर भने चल्न सकेनन् । धेरै आशा गरेका तर एनपिएलमा चल्न नसकेका पाँच क्रिकेटरको प्रदर्शन यस प्रकार छ ।
५. अर्जुन साउद (लुम्बिनी लायन्स)
नेपाली क्रिकेटका ब्याकअप ओपनर तथा विकेटकिपर अर्जुन साउदले प्रतियोगिताभर ६ खेलमा ७१ बल खेल्दै कुल ६८ रन जोडे । जसमा २० रन उच्च हुँदा ९ चौका र १ छक्का सामेल रह्यो । लुम्बिनीले एक खेल मात्रै जितेर बाहिरिनुमा शीर्षक्रमका ब्याटरको सम्झन लायक प्रदर्शन नहुनु हो । उनी जनकपुरविरुद्ध २०, विराटनगरविरुद्ध १७, चितवनविरुद्ध १५, कर्णालीविरुद्ध १३, काठमाण्डुविरुद्ध ३ र सुदूरविरुद्ध डक आउट भए ।
४.अभिनाश बोहरा (सुदुरपश्चिम रोयल्स)
सुदूर फाइनलमा पुगेपनि डेथ ओभर स्पेलिष्ट अभिनाश बोहराको प्रदर्शन राम्रो हुन सकेन । राष्ट्रिय टोलीका प्रमुख डेथ बलर भूमिका भएपनि उनले त्यो अनुसार प्रदर्शन गर्न सकेनन् । ब्याटरले संघर्ष गरेको प्रतियोगितामा उनले ९ खेलमा ७ विकेट लिँदा इकोनमी ७.५२ रहयो । सुरुवाती दुई खेल विराटनगरविरुद्ध ३ र काठमाण्डुविरुद्ध २ विकेट लिएका थिए । लुम्बिनी र जनकपुरविरुद्ध १-१ विकेट लिए । उनी फाइनलमा जनकपुरसँगै चितवन, कर्णाली र पोखराविरुद्ध गरी चार खेलमा विकेटविहीन रहे ।
३. गुल्शन झा (कर्णाली याक्स)
अक्सनमा सबैभन्दा बढी प्रतिक्षा गरेका नाम रहेका गुल्शन मैदानमा भने त्यस अनुसार उत्रिन सकेनन् । गुल्शनले ९ खेलमा १ विकेट लिनुको साथै १ सय ३२ रन बनाए । जनकपुरविरुद्ध ३६ र पोखराविरुद्ध ४९ रन बनाउन बाहेक ब्याटिङमा उनले खासै सम्झन लायक प्रदर्शन गरेनन् । उनी जनकपुरविरुद्ध २५, लुम्बिनीविरुद्ध ८, सुदूरविरुद्ध २, काठमाण्डुविरुद्ध १२, विराटनगर, चितवनविरुद्ध डक आउट भए ।
२. कुशल भुर्तेल (पोखरा एभेन्जर्स)
कप्तान तथा मार्की खेलाडी कुशल भुर्तेलले आफ्नो खराब लयलाई एनपिएलमा निरन्तरता दिदै ७ खेलमा ६५ बल खेल्दै कुल ५४ रन जोडे । औसत ९ रन, स्ट्राइकरेट ८३.०७, ४ चौका र २ छक्का रह्यो । सुदूर र चितवन विरुद्ध खाता खोल्न सकेनन् । विराटनगरविरुद्ध ३४ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३१, जनकपुरविरुद्ध ६, कर्णालीसँग १० र काठमाडौंसँग ७ रनमा आउट भएका थिए । बलिङमा ५ विकेट लिएका थिए ।
१. सन्दीप लामिछाने (विराटनगर किंग्स)
सुपरस्टार क्रिकेटर सन्दीप लामिछानेलाई पनि एनपिएल सम्झन लायक रहेन । प्रतियोगिताभर स्पिनरले उत्कृष्ट प्रदर्शन गर्दा नेपालका प्रमुख बलर सन्दीप भने फ्लप रहे । सन्दीपले ७ खेलमा ६ विकेट मात्रै लिन सके । कुल २८ ओभर बलिङ गरेका उनले १ सय ९१ रन खर्चेका थिए । अन्तिम दुई खेलमा काठमाण्डुविरुद्ध ३ र चितवनविरुद्ध २ विकेट लिए ।
लुम्बिनीविरुद्ध १ र अन्य चार खेलमा सन्दीप विकेटविहीन बने ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]