default_image

9 years ago

February 20, 2017

प्रधानमन्त्री कप महिला भलिबल यसै साता , क्रिकेटर महेश सद्भावना दुत

164 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप महिला भलिबलको चौथो संस्करण शनिबार नेपालगन्जमा सुरु हुने भएको छ । खेल सुरु हुन एक साताअघि आयोजक बाँके जिल्ला भलिबल संघले प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन आइतवार पत्रकार भेटघाट आयोजना गर्यो । खानेपानी तथा सरसफाइ मन्त्री प्रेम बहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयोजकले सद्भावना दुत समेत घोषणा गर्यो ।

mahesh-chhetri-1

फागुन १४ देखि १८ गते सम्म हुने प्रधानमन्त्री कप चौथो संस्करणको लागि संघले  चर्चित क्रिकेटर नेपालगन्ज निवासी महेश क्षेत्रीलाई सद्भावना दुत घोषणा गरेको छ । सद्भावना दुत मनोनयनको प्रमाणपत्र मन्त्री सिंहले महेशलाई हस्तान्तरण गरे ।
नेपालको लोकप्रिय खेल भलिबल प्रतियोगिताको सद्भावना दुत बनाएकोमा क्रिकेटर क्षेत्रीले आयोजक प्रति आभार प्रकट गरे । ‘जिल्ला, क्षेत्र र देशका लागि धेरै खेलें, तर गृहनगरमा मैले पहिलोपटक यस्तो अवसर पाउँदा निकै उत्साही छु,’ क्रिकेटर क्षेत्रीले भने,‘मेरो शहर नेपालगन्जलाई खेलकुदको शहरका रुपमा विकास गर्ने सपना छ, भबिष्यमा खेलाडीको शहर बनाउने अभियानमा प्रतिवद्ध भइ लाग्नेछु ।’

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रभावशाली विकेटकिपर महेशले नेपालका लागि दर्जनौं प्रतियोगिता खेलेका छन् । आइसीसी यु १९ वल्र्ड कप(श्रीलंका २००६), आइसीसी वल्र्ड लिग डिभिजन ५ (जर्सी, लण्डन), आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ४ (इटाली), आईसीसी टी २० वल्र्ड कप क्वालिफायर २०१३ (युएई), आईसीसी वल्र्ड कप क्वालिफायर २०१४ (न्युजिल्यान्ड), वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप (स्कटल्याण्ड) उनले नेपालको जर्सी लगाएका ठुला प्रतियोगिता हुन् ।

सद्भावना दुत मनोयनको प्रमाणपत्र हस्तान्तरण गरेपछि मन्त्री सिंहले अन्तर्राष्टिय मञ्चमा नेपालीलाई खुशी दिने माध्यम भनेको खेलकुद नै रहेको चर्चा गरे । ‘कुनै पनि खेलमा नेपालले जित्दा हाम्रो राष्ट्रिय झण्डा फर्फराउँछ,’ मन्त्री सिंहले भने, ‘आजको दिनसम्म आम नेपालीको मुहारमा खुशी ल्याउने माध्यम खेलकुद नै हो र खेलकुदको कार्यक्रममा उपस्थित हुन पाउँदा मलाई खुशी लागेको छ ।’

समृद्ध समाजको मेरुदण्ड स्वास्थ्य भएको चर्चा गर्दै मन्त्री सिंहले खेलाडी नै स्वास्थ्यका संवाहक रहेको बताए । खेल गतिविधि हुने स्थानमा सफा पिउने पानी र सरसफाइको कमी भए तत्काल समाधान गर्न कार्यक्रममा उपस्थित मातहतका अधिकारीलाई निर्देशन पनि दिए । ‘रंगशालामा सफा पिउने पानी र सरसफाइको व्यवस्थापन गर्न म निर्देशन दिन्छु ।’ मन्त्री सिंहले भने ‘स्थानीय स्तरबाट हुन सक्ने कुनै कसर बाँकी नराख्नुस, नसक्ने काम तत्काल मन्त्रालय पठाउनुस, म समाधान गर्छु । खेलाडीको स्वास्थ्यप्रति हामी सबै सचेत हुन जरुरी छ ।’

कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले आसन्न आठौं राष्टिय खेलकुद तयारीका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री कप लगायत प्रतियोगिता पनि आठौंकै तयारीका रुपमा क्षेखेविसले लिएको बताउँदै रंगशाला परिसरमा खानेपानी लगायत सरसफाइका काममा ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री कपको चौथो संस्करणमा नेपाल एपीएफ क्लब, न्यु डायमन्ड एकेडेमी(काठमाडौं), पश्चिमाञ्चल टिम (पोखरा) र मध्यपश्चिम टिम तथा भारतबाट दुई टिम सहभागि रहनेछन् । पहिलो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो, दोस्रो संस्करणमा नेपाल एपीएफ क्लब र तेस्रो संस्करणमा रेलवे टिम (कोलकाता) च्याम्पियन बनेका थिए ।

प्रतियोगिताका शीर्ष टिमलाई करिब दुई लाख नगदबाट पुरस्कृत गरिन्छ भने आवास, भोजन र यातायातको सुविधा आयोजकले नै व्यवस्थापन गर्दै आएको छ । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा म्याटमाथि यो प्रतियोगिता सञ्चालन हुने गर्दछ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गरेको यस प्रतियोगितामा नेपालगन्ज उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, जिल्ला खेलकुद विकास समिति लगायत संघसंस्थाले साझेदारी गर्दै आएका छन् भने नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्टिय खेलकुद परिषदको बिशेष सहयोग रहँदै आएको छ ।

नेपाल ओलम्पिक कमिटी र नेपाल भलिबल संघबाट मान्यता प्राप्त यस प्रतियोगितामा साझेदारी र सहयोगका लागि ढोका खुल्ला रहेको आयोजकले जनाएको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले उद्घाटन गर्ने प्रतियोगिताका समापन राष्टिय खेलकुद परिषदका सदस्यसचिव केशव बिष्टले गर्ने आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

pm-cup

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

Success

Thank you for your time.