11 months ago
January 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर ललितनारायण राजवंशी एक्लैले ७ विकेट लिएपछि नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई कम रनमा अल आउट गरेको छ ।
जय ट्रफी मेन्स एलिट कपको आफ्नो पहिलो खेलमा विभागीय डर्बीमा पुलिसले आर्मीलाई पहिलो इनिङ्समा १ सय २१ रनमा अल आउट गरेको हो ।
एउटा टोलीले पहिलो इनिङ्समा ६० ओभर खेल्न पाउँने नियम छ। आर्मी ३४.४ ओभरमा अल आउट भएको थियो । आर्मीले टस हारेर पहिले ब्याटिङ गरेको थियो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक २५ रन जोडे । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
भीम सार्की २२, कप्तान विनोद भण्डारी २१, बसिर अहमद १२ रनमा आउट हुँदा पवन कार्कीले नट आउट १५ रन जोडे ।
पुलिसका लागि ललितले १४.४ ओभरमा ४७ रन खर्चिएर ७ विकेट हात पारे । राशिद खान, कुशल भुर्तेल र श्रवण यादवले समान १ विकेट लिए ।
आजै आफ्नो पहिलो इनिङ्सको सुरुवात गरेको पुलिस पनि खराब स्थितिमा छ । पहिलो दिनको खेल सकिदा पुलिसले ७ विकेट गुमाएर १ सय ३ रन जोडेको छ । गुलशन झा ३४ रनमा नट आउट रहँदा प्रेम तामाङले उनलाई साथ लिइरहेका छन् ।

त्यसअघि अमित श्रेष्ठ १८, राशिद खान १६, शंकर राना १३ तथा दिलिप नाथ १० रनमा आउट भए।
आर्मीका लागि साहब आलमले ११ ओभरमा ५५ रन खर्चिएर ५ विकेट लिए । सोमपाल कामी र पवन कार्कीले समान १ विकेट लिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]