11 months ago
January 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको अर्धशतकमा जय ट्रफी मेन्स एलिट कप दुई दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध पहिलो इनिङमा अग्रता बढाएको छ ।
बुधवार सुरु भएको प्रतियोगिताको तेस्रो खेलमा पहिलो दिनको समाप्तीसम्म पुलिसले मधेश सामू ४५ रनको अग्रता बनाएको छ । पहिलो इनिङमा उसको २० ओभर बाँकी नै रहँदा ७ विकेट पनि हातमै रहेको छ ।
पहिलो दिनको समाप्तिसम्म पुलिसले ३ विकेट गुमाएर १ सय ७४ रन बनाएको छ । पुलिसका अमित श्रेष्ठ ३४ र कप्तान आरिफ शेख १३ रनमा नट आउट रहेका छन् ।
पुलिसका लागि ओपनर कुशलले ६८ बलमा १० चौकाको सहयोगमा ६३ रन जोडे । पहिलो विकेटका लागि अर्का ओपनर दीलिप नाथ र कुशल मिलेर ९६ रनको साझेदारी गरे । दीलिप ७९ बलमा ४० रनमा आउट भए । गुलशन झा १४ बलमा २० बनाउँदै आउट भए ।
पहिलो दिनको समाप्तिसम्म मधेशका कप्तान हरिशंकर शाहले २ तथा अभिषेक तिवारीले विकेट लिए ।
त्यसअघि वीरगंजमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले ४२.४ ओभरमा अलआउट हुदै १ सय २९ रन जोडेको थियो ।
मधेशका लागि ओपनर मयन यादवले सर्वाधिक ५९ रन जोडेका थिए । उनले १ सय २ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए ।
निरज यादव २९ रनमा आउट हुँदा अभिषेक तिवारी १७ रनमा नट आउट रहे । एक समय ९९ रनमा २ विकेट मात्र गुमाएर बलियो स्थितिमा रहेको मधेशले पछिल्लो ८ विकेट मात्र ३० रनमा गुमायो । पुलिसका लागि तीव्र गतिका बलर गुलशनले १३ ओभरमा ४० रन खर्चिएर ५ विकेट लिए ।
कुशलले २ , श्रवण यादव र ललितनारायण राजवंशीले समान १ विकेट लिए । पहिलो खेल बराबरी खेलेका दुवै टोलीको समान १५ अंक छ ।
प्रतियोगिताको बाँकी खेल तालिका –
जनवरी ११ देखि १२ सम्म
नेपाल पुलिस क्लबविरुद्ध बागमती प्रदेश – जनकपुर
त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेश – विरगंज
जनवरी १४ देखि १६ सम्म फाइनल खेल – विरगंज
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]