11 months ago
January 10, 2025
एजेन्सी – साउदी प्राे लिगमा क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरले अल–ओखडुदलाई हराएको छ ।
साडियो मानेको २ गोलमा बिहीवार नासरले अल–ओखडुदमाथि ३- १ को पुनरागमन जित निकालेको हो। अर्को गोल रोनाल्डोले गरे । सावियर गोडविनले ओखडुदका लागि गोल गरे ।
गोडविनले छैठौं मिनेटमा नै गोल गरेर ओखडुदलाई अघि बढाए । नासरका मानेले २९औं मिनेटमा बराबरी गोल गरे । रोनाल्डोले खेलको ४२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नासरलाई अग्रता दिलाए ।
मानेले ८८औं मिनेटमा अर्को गोल गर्दै नासरको जित निश्चित गरे। जित पछि १४ खेलबाट २८ अंक जोडेको नासर तेस्रो स्थानमा छ ।
नासर शीर्ष स्थानमा रहेको अल–इतिहादभन्दा ८ र दोस्रो स्थानको अल–हिलालभन्दा ६ अंकले पछि छ । दुवै टोली नासरले भन्दा एक खेल कम खेलेका छन् । ओखडुद १४ खेलमा १२ अंकका साथ १४औं स्थानमा छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]