default_image

11 months ago

January 15, 2025

एपिएफको लगातार दोस्रो जित

208 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लबले धनगढीमा जारी महिला प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।

एपिएफले बुधवार गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो ।

७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा कप्तान इन्दु बर्माले नट आउट रहदै सर्वाधिक २६ रन जोडिन् । उनले २१ बलमा २ चौका प्रहार गरिन् ।

ममता चौधरी १८ रनमा आउट हुँदा रोमा थापा १४ रनमा नट आउट रहिन् ।गण्डकीका लागि आकृती तिवारी र एशोदा भुजेलले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर ७० रन जोडेको थियो । गण्डकीका कप्तान सिर्जना पौडेलले सर्वाधिक २५ रन जोडिन् ।

रेखा तामाङ १७ तथा श्रेया शाही १३ रनमा आउट भए । एपिएफकी बिन्दु बुढाले २ तथा करुणा भण्डारीले १ विकेट लिइन् । एपिएफले मंगलवार पहिलो खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको थियो ।

गण्डकीको यो दोस्रो हार हो। मंगलवारै गण्डकी सुदूरपश्चिम प्रदेशसँग पराजित भएको थियो । एपिएफको ४ अंक छ । गण्डकीले अंकविहिन छ।

आजकै दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशको सामना गरिरहेको छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.