3 weeks ago
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ ।
धनगढीमा शनिवार भएको दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ५९ रनले हराउँदै एपिएफ समूह ‘ए’ को विजेताको रुपमा सुपर फोरमा पुगेको हो ।
बाक्लो हुस्सुका कारण ढिला सुरु भएको खेल १८ ओभरमा छोट्याईएको थियो । १ सय २७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित १८ ओभरमा ६ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो ।
सुदूरपश्चिमकी कविता कुँवरले सर्वाधिक २९ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपिएफी कप्तान इन्दु बर्मा र कविता जोशीले समान २ तथा सवनम राईले १ विकेट लिइन् ।
त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित १८ ओभरमा २ विकेट गुमाएर १ सय २६ रनको योगफल तयार गरेको थियो ।
एपिएफका लागि कप्तान इन्दुले सर्वाधिक ५८ रन जोडिन् । उनले ४५ बलमा १० चौका प्रहार गरिन् । दोस्रो विकेटका लागि इन्दु र ममता चौधरीले ८१ रनको साझेदारी गरे ।
ममताले ४९ बलमा नट आउट रहँदै ३६ रन जोडिन् । कविता जोशीले नट आउट १३ रन बनाउँदा राजमती ऐरी २ रनमा आउट भइन् । सुदूरपश्चिमका लागि जानकी थापाले १ विकेट लिइन् ।
जितसँगै समूह ए को विजेता बन्दै एपिएफ सुपर फोरमा पुगेको छ । सुदूरपश्चिम समूह उपविजेता बन्दै सुपर फोरमा पुगेको छ ।
शनिवारको दोस्रो खेलमा अहिले लुम्बिनी र कर्णाली प्रदेश खेलिरहेका छन् । आइतवारबाट समूह बी का खेलहरु सुरु हुनेछ ।
प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा लुम्बिनी , गण्डकी , कर्णाली , एपिएफ क्लब र सुदूरपश्चिम छन् । समूह बी मा कोशी , मधेश , बागमती त्रिभुवन आर्मी क्लब छन् । दुई समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् ।
सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ । समूहका तेस्रो स्थानमा रहने टोलीहरुले पाँचौ र छैटौं स्थानका लागि खेल्नेछन् ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि सम्भावना कायमै राखेको छ । नेदरल्याण्ड्सले बिहीवार थाइल्याण्डलाई रोमान्चक खेलमा १ विकेटले हराएको छ । १ सय १० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सलाउद्दिन खानको ५ विकेट सहयोगमा दशरथ चन्द क्रिकेट एकेडेमीले धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा जित हासिल गरेको छ । बिहीवारको पहिलो खेलमा दशरथले क्रिकेट एक्सिलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई १६ रनले पराजित गरेको छ । दशरथले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सिइसी १९.४ ओभरमा १ सय ४४ रनमा समेटियो । […]