default_image

11 months ago

January 22, 2025

अस्ट्रेलियासँग नेपालले टस हार्यो

475 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपको सुपर सिक्समा स्थान बनाउँन जित्नै पर्ने खेलमा नेपालले टस हारेको छ ।

मलेसियाको युकेएम क्रिकेट ओभलमा नेपालले अस्ट्रेलियाविरुद्ध टस हारेर बलिङको निम्तो पाएको हो ।

स्कटल्याण्डसँग सोमवार खेलेको नेपाली टोलीमा १ परिवर्तन गरिएको छ । स्कटल्याण्डविरुद्ध खेलेकी किरन कुँवर बेन्चमा रहँदा तृषना विकले मौका पाएकी छिन् ।

नेपालले सुरुवाती दुवै खेल हारेको थियो । नेपाललाई सुपर सिक्सको सम्भावना कायमै राख्न अस्ट्रेलियामाथि जित बाहेकको विकल्प छैन ।

अस्ट्रेलियासँग पराजित भएमा नेपालको सुपर सिक्स प्रवेशको सम्भावना समाप्त हुनेछ । अस्ट्रेलिया सुरुवाती दुवै खेल जितेर १ खेल अघि नै सुपर सिक्स प्रवेश गरिसकेको छ ।

महिला क्रिकेटको कुनै पनि स्तरमा नेपालले अस्ट्रेलियासँग पहिलो पटक खेल्न लागेको हो ।

नेपालको प्लेइङ-११

कृष्मा गुरुङ, तृषना विक, साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो (कप्तान), ज्योत्सिका मरासिनी, सिमाना केसी, रचना चौधरी र अनु कडायत।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.