default_image

11 months ago

January 22, 2025

जय नेपाल कप – मध्यमश्चिम र बिहारको जित

617 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कपमा बुधवार मध्य पश्चिम र बिहार विश्वविद्यालय विजयी भएका छन्।

कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमस बुधवारको दोस्रो खेलमा मध्य पश्चिमले काठमाडौं विश्वविद्यालयलाई १ सय ३४ रनले पराजित गरेको हो ।

१ सय ९३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ५८ रन जोड्दै अल आउट भयो । काठमाडौंका लागि दिवस सुवेदीले २४ बलमा सर्वाधिक ३१ रन बनाए । कप्तान इशान पाण्डेले ८ बलमा १० रन जोडे ।

त्यसअघि पहिले ब्याटिङ गरेको मध्य पश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।

मध्यपश्चिमका लागि राजकुमार शाहले ३८ बलमा सर्वाधिक ६२ रन जोडे । सुवास भण्डारीले २१ बलमा ३९ रन बनाए।

पहिलो खेलमा भारतको बिहार विश्वविद्यालयले नेपालको पूर्वाञ्चल विश्वविद्यालयलाई १ सय ७८ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

बिहारले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको पुर्वाञ्चलले ११.४ ओभरमा अल आउट हुदै ३४ रन मात्र जोड्न सक्यो ।

पुर्वाञ्चलका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अमित मण्डलले बनाएको ९ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको बिहारले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन जोड्यो ।

बिहारका लागि चन्द्र प्रकाशले ४९ बलमा सर्वाधिक ७१ रन जोडे । विशाल राजले १७ बलमा ४४ रन बनाए ।

नेपाल विद्यार्धी संघले आयोजना गरेको प्रतियोगितामा नेपालका ४, भारतका ३ तथा बंगलादेशको १ विश्वविद्यालयको सहभागिता छ ।

प्रतियोगिताको खेलतालिका

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.