11 months ago
January 24, 2025
एजेन्सी – इङ्ग्ल्याण्ड लायन्सका एक क्रिकेटरले आफ्नो बुवाको नाममा रहेको २६ वर्ष पुरानो कीर्तिमान तोडेका छन् ।
लायन्सका टोली सदस्य रकी फ्लिन्टफले सबैभन्दा कम उमेरमा शतक बनाउँने बुवाको कीर्तिमान तोडेका हुन् ।
बुवाले एन्ड्रयु फ्लिन्टफले सन् १९९८ मा नैरोबीमा केन्याविरुद्ध २० वर्ष २८ दिनको उमेरमा शतक प्रहार गरि किर्तिमान बनाएका थिए । छोरा रकीले भने १६ वर्ष २ सय ९१ दिनमा शतक प्रहार गर्दै कीर्तिमान तोडेका हुन् ।
रकीले बिहीवार अस्ट्रेलिया ११ विरुद्ध लायन्सबाट खेल्दै शतक प्रहार बनाएका हुन् । नवौं नम्बरमा ब्याटिङ गरेका फ्लिन्टफले १ सय २७ बलमा १ सय ८ रन बनाएका थिए । उनको शतकको सहयोगमा लायन्सले पहिलो इनिङमा ३ सय १९ रन बनाएको थियो ।
रकीले जुलाईमा लायन्सका लागि डेब्यू गरेका थिए । अप्रिलपछि उनले ४ फस्ट क्लास खेल र ७ लिस्ट ए खेल खेलेका छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]