11 months ago
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार दोस्रो जित हासिल गरेको छ ।
आइतवार भएको खेलमा गल्फले सारजहा वारियर्सलाई ६ विकेटले पराजित गरेको हो । गल्फले सातौं खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन ।
१ सय ७२ रनको लक्ष्य गल्फले निर्धारित २० ओभर सकिन ३ बल बाँकी रहदै ४ विकेट गुमाएर पूरा गर्यो । गल्फको जितमा ओपनर टोम अल्सोपले नट आउट रहदै सर्वाधिक ८५ जोडे । उनले ६० बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
टोम करनले १७ बलमा नट आउट २६, ओपनर जेम्स भिन्सले १४ बलमा २४ तथा जेहार्ड एरास्मसले १० रन जोडे । वारियर्सका लागि दिल्शान मधुशंकाले २ तथा एडम जाम्पा र टिम साउदीले समान १ विकेट लिए ।
त्यसअघि सारजहा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन जोडेको थियो ।
वारियर्सका लागि जेसन रोयले सर्वाधिक ४४, जोनसन चाल्र्सले १९ बलमा ३० तथा टोम कुलहार क्याडमोरले २५ बलमा २९ रन जोडे । गल्फका लागि ब्लेसिङ मुजवानीले ३ तथा डानियल वारेल, डोमेनिक डार्क र मार्क अडिरले समान १ विकेट लिए ।
जितसँगै गल्फ ७ खेलमा ६ अंकका साथ पाँचौ स्थानमा छ । पराजित वारियर्स समान खेलमा ४ अंकका साथ तालिकाको पुछारमा छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]