10 months ago
January 30, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा अर्को साता सुरु २४ औं आहा रारा पोखरा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक सहारा क्लब पोखराले माघ २२ देखि संचालन हुने आहा रारा पोखराको बिहीवार टाइसिट सार्वजनिक गरेको हो ।
ए डिभिजन, भारत, युके, उजेकिस्तान तथा अन्य गरि १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेल आयोजक र विभागीय नेपाल पुलिस क्लबबीच हुनेछ ।
फागुन ३ गते हुने फाइनलअघि माघ ३० गते पहिलो सेमिफाइनल र १ गते फागुनमा दोस्रो सेमिफाइनल हुनेछ ।
समूह ‘ए’ तर्फ आयोजक, पुलिस, एनआरटी, चर्च ब्वाइज युनाइटेड, साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब र युकेको ब्रिगेड ब्वाइज क्लब छन् । तीमध्ये यूके र आर्मीले क्रमशः पहिलो र तेस्रो क्वाटरफाइनल खेल्ने छन् ।
समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्री स्टार र उजेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब छन् । तीमध्ये थ्री स्टार र उजेकिस्तानले सिधैं क्रमशः दोस्रो र चौथो क्वाटरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए ।
पोखरा रंगशालामा हुने प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हो । संरक्षकमा पोखरा महानगरपालिका छ भने सहप्रायोजकमा जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लङ्ग्रेन प्रिमियम बासमती राइस रहेको छ ।
गत संस्करणको विजेता त्रिभुवन आर्मी र उपविजेता थ्री स्टार हुन् । आहाको विजेताले १२ लाख र ६ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष केशवराज बरालले बताए । हाल एकेडेमीमा ३० जना बालक आश्रित छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]