default_image

10 months ago

January 31, 2025

नेदरल्याण्ड्सको थाइल्याण्डलाई मध्यम लक्ष्य

1070 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेदरल्याण्ड्सले थाइल्याण्डलाई त्रिकोणात्मक सिरिजको दोस्रो खेल जित्न मध्यम लक्ष्य दिएको छ ।

जारी महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई १ सय २३ रनको मध्यम लक्ष्य दिएको हो ।

कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनायो ।

नेदरल्याण्ड्सका लागि कप्तान बाबित डि लिडेले सर्वाधिक ५२ रन जोडिन् । उनले ५० बलमा ८ चौका प्रहार गरिन् । आरिस विलिङले २८ रन जोडिन् ।

सिरिजमा नेदरल्याण्ड्स लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेल खेल्दै गरेको थाइल्याण्ड जितका साथ सिरिज सुरु गर्न चाहन्छ ।

नेदरल्याण्ड्सले बिहीवार भएको पहिलो खेलमा आयोजक नेपाललाई पराजित गरेको थियो । नेदरल्याण्ड्सले नेपाललाई २० रनले पराजित गरेको थियो ।

महिला टि ट्वान्टी आई वरियतामा थाइल्याण्ड १३औं‌, नेदरल्याण्ड्स १६औं र नेपाल २०औं स्थानमा छ ।

सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले दोस्रो खेलमा शनिवार थाइल्याण्डसँग खेल्नेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.