10 months ago
January 31, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा शुक्रवार नेदरल्याण्ड्सलाई ८ विकेटले हराएको छ ।
१ सय २३ रनको लक्ष्य थाइल्याण्डले १८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डको जितमा नान्नापत खोन्चरोएन्कले नट आउट रहँदै सर्वाधिक ५६ रन जोडिन् । उनले ५० बलमा ५ चौका प्रहार गरिन् । अफिसारा सुवान्चोनरथी २४ बलमा २८ रन जोड्दै आउट भइन् ।
ओपनर नाट्टाया बुचाथम रनको खाता नखोल्दै आउट हुँदा नाथाकन चान्थम २३ रनमा नट आउट रहिन् ।
त्यसअघि कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनायो ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबित डि लिडेले सर्वाधिक ५२ रन जोडिन् । उनले ५० बलमा ८ चौका प्रहार गरिन् । आरिस विलिङले २८ रन जोडिन् ।
थाइल्याण्डका लागि थिपचा पुत्थावोंगको नाममा २ तथा ओनिचा कामचोम्फुको नाममा १ विकेट रह्यो ।
सिरिजको पहिलो खेलमा नै थाइल्याण्डले जितका साथ सुरुवात गरेको छ । नेदरल्याण्ड्सले बिहीवार भएको खेलमा आयोजक नेपाललाई पराजित गरेको थियो । नेदरल्याण्ड्सले नेपाललाई २० रनले पराजित गरेको थियो ।
महिला टि ट्वान्टी आई वरियतामा थाइल्याण्ड १३औं, नेदरल्याण्ड्स १६औं र नेपाल २०औं स्थानमा छ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् ।
अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले दोस्रो खेलमा शनिवार थाइल्याण्डसँग खेल्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]