10 months ago
February 3, 2025
एजेन्सी – ओपनर अभिषेक शर्माको कीर्तिमानी शतक प्रेरित भारतले इङ्ग्ल्याण्डसँग जित हासिल गरेको छ ।
आइतवार राती भएको खेलमा भारतले इङ्ग्ल्याण्डमाथि १ सय ५० रनको फराकिलो जित हात पारेको हो । जितसँगै भारतले इङग्ल्याण्डविरुद्धको सिरिज ४-१ ले जितेको छ । रनको कीर्तिमानी इनिङ्सको मद्दतमा भारतले ९ विकेटको क्षतिमा २४७ रन बनाएको थियो।
भारततले दिएको २ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड १०.३ ओभरमा ९७ रनमा अलआउट भयो । इङेग्ल्याण्डका लागि ओपनर फिल साल्टले सर्वाधिक ५५ रन जोडे । उनले २३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।
जोकेब बेथहेलले १० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि मोहम्मद सामीले ३, अभिषेक शर्मा, वरुण चक्रवर्ती र शिभम दुवेले समान २ तथा रवि बिश्नाईले १ विकेट लिए ।
त्यसअघि मुम्बइस्थित वाङ्खडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रनको विशाल योगफल तयार गरेको थियो । भारतका लागि अभिषेकले सर्वाधिक १ सय ३५ रन जोडे । उनले ५४ बलमा ७ चौका र १३ छक्का प्रहार गरे ।
अभिषेकले टि ट्वान्टी आई करियरको दोस्रो शतक ३७ बलमा पूरा गरेका थिए । यो भारतका लागि दोस्रो कम बलमा बनेको शतक हो । यसअघि रोहित शर्माले श्रीलंकाविरुद्ध ३५ बलमा शतक पूरा गरेका थिए ।
अभिषेकले बनाएको १ सय ३५ रन टि ट्वान्टी आईमा कुनै पनि भारतीयले बनाएको सर्वाधिक व्यक्तिगत उच्च स्कोर हो । यसअघि शुभमन गिलको नाममा यो कीर्तिमान रहेको थियो ।
अर्का ओपनर सञ्जु स्यामसन १६ रनमा आउट हुँदा अभिषेक र तिलक बर्माले दोस्रो विकेटका लागि १ सय १५ रनको शतकीय साझेदारी गरे । तिलकले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन जोडे ।
शिवम दुवेले १३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए । हार्दिक पाण्ड्या र रिंकु सिंह समान ९ रनमा आउट हँदा अक्षर पटेलले १५ रन जोडे । इङ्ग्ल्याण्डका लागि बायडेन कार्सले ३, मार्क वुडले २ तथा जोफ्रा आर्चर, जेमी ओभरटर्न र आदिल राशिदले समान १ विकेट लिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]