10 months ago
February 12, 2025
एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् ।
बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको चोटट पूर्णरुपमा निको नभएपछि च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो ।
बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने भएका हुन् । बुमराहले ढाडको चोटका कारण सन् २०२२ मा अस्ट्रेलियामा भएको टि ट्वान्टी विश्व कपमा सहभागी हुन सकेनन् ।
बुमराहको स्थानमा हर्षित रानालाई टोलीमा समावेश गरिएको छ । जसले इङ्ग्ल्याण्डविरुद्धको जारी ओडिआई सिरिजमा डेब्यु गरेका थिए । आइसिसीले फेब्रुअरी ११ मा च्याम्पियन्स ट्रफीका लागि सहभागी सबै टोलीलाई अन्तिम १५ खेल बुझाउने समयसिमा तोकेको थियो ।
भारतले पनि सोमवार अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको हो । मोहम्मद सिराजलाई पछि पार्दै रानाले टोलीमा स्थान बनाएका हुन् ।
बुमराह सिराज बुमराह र मोहम्मद सामीपछि भारतका तेस्रो सबैभन्दा सिनियर बलर हुन् । सन् २०२३ को विश्वकपमा पनि उनको प्रभावशाली प्रदर्शनको हिस्सा थिए ।
बिबिसिआईले प्रारम्भिक टोलीमा रहेका यशस्वी जैसवालको स्थानमा वरुण चक्रवर्तीलाई पनि टोलीमा समावेश गरेको छ । जयसवाल, मोहम्मद सिराज र शिवम दुबे अब ट्राभलिग रिर्जभमा हुनेछन् ।
भारत च्याम्पियन्स ट्रफीको समूह ‘ए’ मा रहेको छ । भारतले फेब्रुअरी २० मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
दोस्रो खेलमा भारतले फेब्रुअरी २३ मा पाकिस्तानसँग र तेस्रो खेलमा मार्च २ मा न्युजिल्यान्डसँग खेल्नेछ । भारतले आफ्ना सबै खेल दुबईमा खेल्नेछ ।
भारतीय टोली
रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, ऋषभ पन्त, हार्दिक पाण्ड्या, अक्षर पटेल, वासिङ्टन सुन्दर, कुलदीप यादव, हर्षित राना, मोहम्मद शामी, अर्शदीप सिंह, रवीन्द्र जडेजा र वरुण चक्रवर्ती
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]