default_image

10 months ago

February 19, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजकको विजयी सुरुवात

642 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड

आयोजक भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा प्रताप‌ राईको निर्णायक गोलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४-३ ले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

अत्यन्तै रोमञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका विदेशी खेलाडी साम कार्लाेसले १८ यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भयो।

खेलको ३९ औँ मिनेटमा भद्रपुरका स्टाइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्ड भयो । त्यहि बललाई भद्रपुरका कप्तान आशिष चापागाईंले गोल गर्दै खेललाई २-० को स्थितिमा पुर्याए ।

त्यस्तै, खेलको ४२ औं मिनेटमा भद्रपुरका सत्यम शर्माले मैदानको मध्य भागबाट सिंगल खेल्दै गोल गर्न सफल भए । दार्जिलिङका गोलरक्षक निगमसँग वानटुवान स्थितिमा उनले गोल गरे ।

पहिलो हाफमा फितलो प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा आयोजक भद्रपुरमाथि दबाब सिर्जना गर्यो । खेलको ५० औँ मिनेटमा प्रशान्त राईले पेनाल्टी एरियामा पाएको पासलाई गोलमा परिणत गरे ।

खेलको ५५औंमिनेटमा नयन प्रधानले अर्काे गोल थपे । आशिष देवानको क्रस पासमा पेनाल्टी एरियामा अनमार्क रहेका नयनले सुन्दर गोल गरे । खेलको ७० औँ मिनेटमा दार्जिलिङका रूड गुलितले गोल गर्दै खेललाई ३-३ को बराबरीमा ल्याए ।

खेलको ७२ औं मिनेटमा विशाल दर्जीको क्रस पासमा प्रतापले गोल गर्दै भद्रपुरलाई दिलाए ।

खेलको ३४ औँ मिनेटमा आशिषको क्रस पासमा मिलन राईले गरेको पावरफुल प्रहार दार्जिलिङका गोलकिपरले पञ्च गरेर बचाए। ५३ औं मिनेटमा आशिषले गोलकिपरसँग वान भर्सेस वानको स्थितिमा गोल गर्ने सकेनन् ।

खेलको अधिकांश समय दार्जिलिङले विपक्षी भद्रपुरमाथि खासै मुभ बनाउन सकेन । टेक्निकल खेल प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा दबाब दिए पनि पहिलो खेलबाटै घर फर्कियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टिमका आशिष चापागाईं भए र उनले २१ हजारसहित ट्रफी पाए । उनलाई सौजन्यकर्ता चण्डीराज पराजुलीको परिवारले पुरस्कार प्रदान गर्यो ।

भद्रपुरका प्रशिक्षक सचिन्द्र धिमालले पहिलो हाफमा नतिजा आफ्नो पक्षमा पारेपछि टिमले दोस्रो हाफमा दबाबको सामना गर्नु परेको बताए । उनले वैकल्पिक खेलाडीले अन्तिम समयमा परिणाम आफ्नो पक्षमा पार्न सफल भएको बताए ।

दार्जिलिङका प्रशिक्षक शिव तामाङले टिमले सुरूवातमै गोल खाएपछि दबाब झेलेको बताए । टिम सेट नभई गोल खानु विपक्षी टिमलाई नतिजा सुम्पिनु परेको उनको भनाइ छ ।

प्रतियोगितामा बिहीवार खेल झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच हुने आयोजकका सचिव तीर्थ ढकालले जानकारी दिए ।

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक सौर्य एयरलाइन्स तथा ओम साई पाथीभरा हस्पिटल भद्रपुर रहेका छन् ।

भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेका छन् । गोल्डकपको उद्घाटन राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गरेका थिए ।

गोल्डकपको विजेताले १३ लाख र दोस्रो टोलीले ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । प्रतियोगिताभरिका सर्वोत्कृष्ट खेलाडील १ लाख ५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले समान २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रत्येक दिन टिकट काट्ने भाग्यशाली दर्शकलाई आकर्षण पुरस्कारको पनि व्यवस्था मिलाइएको छ ।
गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उनले प्रतियोगिताबारे प्रकाश पारेका थिए । कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेलले शुभकामना दिए ।

आज एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट दिन एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट चाँदीको सिक्का पाए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.