10 months ago
February 21, 2025
एजेन्सी – अफगानिस्तानले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकासँग खेल्दै च्याम्पियन्स ट्रफीमा आज डेब्यु गर्दैछ। त्यसैले अफगानिस्तानका लागि पहिलो खेल कठिन हुन सक्छ।
पाकिस्तानको कराँचीस्थित नेसनल बैंक क्रिकेट स्टेडियम मा खेल नेपली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ।
एसियाली टोली अफगानिस्तान हाल सेतो बल क्रिकेटमा उत्कृष्ट लयमा देखिएको छ। उसले पछिल्ला चार सिरिजमा आयरल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, र जिम्बाब्वेलाई पराजित गरेको थियो।
यद्यपि अफगानिस्तानले यो वर्ष अहिलेसम्म कुनै एकदिवसीय खेल खेलेको छैन। तर सन् २०२३ को आइसिसी पुरुष क्रिकेट विश्वकप र २०२४ को आइसिसी पुरुष टि ट्वान्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको आत्मविश्वास उसँग छ।
२०२३ को पुरुष क्रिकेट विश्वकपमा सेमिफाइनल पुगे यता दक्षिण अफ्रिकाको ५० ओभरको क्रिकेटमा प्रदर्शन अलि अस्थिर देखिएको छ। पाकिस्तानमा खेलेका पछिल्ला खेलहरूले उनीहरूलाई च्याम्पियन्स ट्रफीका लागि आत्मविश्वास बढाउने आशा गरिएको छ।
आजको खेलमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाई प्रमुख मान्न सकिन्छ। उनी २०२४ को पुरुष एकदिवसीय वर्ष खेलाडी घोषित भएका थिए। उनले विश्वकपमा उनले ३ सय ५३ रन बनाउनुका साथै ९ विकेट लिएका थिए। जसले अफगानिस्तानलाई ठूला जित समेत दिलाएको थियो।
नवीन-उल-हक अनुपस्थित रहँदा अफगानिस्तानको बलिङमा ओमरजाईको भूमिकामा थप जिम्मेवारी रहनेछ।
दक्षिण अफ्रिकाको लागि टेम्बा बावुमाको प्रदर्शन अब्बल रहन सक्छ। दक्षिण अफ्रिकी कप्तान टेम्बा राम्रो लयमा छन्। उनले हालै कराचीमा पाकिस्तानविरुद्ध त्रिकोणात्मक सिरिजमा ८२ रनको इनिङ्स खेलेका थिए।
यदि बावुमाले दक्षिण अफ्रिकालाई राम्रो सुरुवात दिलाउन सकेको खण्डमा टोलीको मध्यक्रमका पावर हिटरहरूले ठूलो योगफल तयार पार्न सक्छन्।
अफगानिस्तानका कप्तान हश्मतुल्लाह शाहिदीले च्याम्पियन्स ट्रफीमा आफ्नो स्थानबारे भइरहेको विवादलाई बेवास्ता गर्दै खेलमा मात्र ध्यान केन्द्रित गर्ने बताएका छन्।
अफगानिस्तानमा तालिबानद्वारा महिलाको अधिकारमाथि गरिएको हमलाका कारण अन्य तीन टोलीहरूअष्ट्रेलिया, इंग्ल्याण्ड, र दक्षिण अफ्रिकालाई अफगानिस्तानविरुद्ध खेल बहिष्कार गर्न आग्रह गरिएको थियो।
‘हामीले खेल मैदानभित्रका कुराहरू मात्र नियन्त्रण गर्न सक्छौं, शाहिदीले भने, ‘हाम्रो काम क्रिकेट खेल्नु हो, बाहिर के हुँदैछ भन्ने कुराले हामीलाई दबाबमा पार्दैन।’ साथै उनले आफ्नो टिम जितको लागि आएको पनि स्पष्ट पारे।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]