9 months ago
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् ।
शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए।
ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी पिएम कप एकै संस्करण सर्वाधिक विकेट लिने खेलाडी पनि बनेका छन् । यसअघि बागमती प्रदेशका सूर्य तामाङले गत संस्करणको पिएम कपमा ३० विकेट लिएका थिए ।
ललितले एकै संस्करणको प्रतियोगितामा चार पटक ५ विकेट हल लिने कीर्तिमान समेत बनाए । ललितले पिएम कपको इतिहासमा यसै संस्करणमा १ सय विकेट पूरा गरे।
पिएम कपमा १ सय विकेट पूरा गर्ने ललित पहिलो बलर समेत बनेका छन् । सर्वोत्कृष्ट र उत्कृष्ट भएवापत दुई वटा पल्सर बाइक प्राप्त गरे।
त्यस्तै, गण्डकी प्रदेशका अर्जुन कुमार प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित भए । उनले पिएम कपको ९ खेलमा १ शतक सहित ३ सय ७४ रन बनाएका थिए ।
अर्जुनले पल्सर बाइक पाएका छन् । सातौं संस्करणको फाइनलमा शनिवार आर्मीलाई ६ विकेटले हराउँदै पुलिस भएको थियो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा १ सय ५५ रनको लक्ष्य पुलिसले २५.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]