8 months ago
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सविरुद्धको खेलमा राजस्थान रोयल्सले टस जितेको छ। टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ।
गुजरात चौथो र राजस्थान तेस्रो जित निकाल्ने दाउमा आज मैदानमा उत्रनेछन्। गुजरात टाइटन्स अहिले अंक तालिकाको दोस्रो स्थानमा छ।
उसले ४ खेलबाट ३ जित सहित ६ अंक बनाएको छ।उसको जितमा उनीहरूको शीर्ष तीन ब्याटर शुभमन गिल, साई सुदर्शन र जोस बटलरको प्रदर्शन गर्दै उत्कृष्ट रहेको छ।
गुजरात टाइटन्सका कागिसो रबाडा व्यक्तिगत कारणले घर फर्केकाले उनको सट्टा इशान्त शर्माले मौका पाउनेछन्।
राजस्थान रोयल्सले अघिल्लो खेलमा कप्तान सामसनको पुनरागमन र जैसवालको लयमा फर्किएको प्रदर्शनसँगै राम्रो तालमेल देखिएको छ। राजस्थानले ४ खेलमा २ जित र २ हार बेहोरेको छ। उसँग ४ अंक रहेको छ।
यी दुई बीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ। ५ पटक गुजरातले र १ पटक राजस्थानले खेल जितेको छ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]