8 months ago
April 11, 2025
विराटनगर (हाम्रो खेलकुद)- भारत पटनाको हाइपर क्रिकेट क्लब र विराटनगरको वाइआरसिसी क्रिकेट क्लब शुक्रवार चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिताका फाइनलमा पुगेका छन्।
मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजनामा विराटनगरको जुट मिलको खेल मैदानमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा खेलमा पटनाले विराटनगरको होराइजन क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो।
टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित १६ ओभरको खेलमा ८ विकेटको क्षतिमा १ सय १३ रन बनायो । जसमा मिनास थापाले ३७ रन, फिर्दोस अन्सारीले १७ रन र प्रेम कामतले १४ रनको योगदान गरे ।
बलिङमा पटनाका लागि रिसब राकेशले ३ विकेट, विक्की रन्जनले २ विकेट, नन्द किशोर र पुरुसोत्तम कुमारले समान १ विकेट लिए ।
१ सय १७ रनको पछ्याउने क्रममा पटनाले १४.४ ओभरमा ५ विकेट गुमाउँदै विजयी लक्ष्य पार गरेको थियो । जसमा विक्की रन्जनले ३४ रन, पुरुषोत्तम कुमारले ३२ रन र अनुज रन्जनले २७ रन बनाए ।
बलिङमा होराइजनका लागि फिर्दोस अन्सारीले ३ विकेट र दिपेश कँडेलले १ विकेट लिए । पटनाका विक्की रन्जन प्लेयर अफ दि म्याच घोषित भए र उनले ३ हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै, आजै भएको दोस्रो सेमिफाइनल खेलमा विराटनगरको वाइआरसिसीले विराटनगरकै सिद्धार्थ क्रिकेट क्लबलाई ६ विकेटले हरायो।

वाइआरसिसीले टस जितेर फिल्डिङ राजेर पहिलो ब्याटिङको अवसर सिद्धार्थलाई दिएको थियो । पहिले ब्याटिङ गरेको सिद्धार्थले १३.४ ओभरमा अलआउट भएर ७७ रन मात्रै बनाउन सफल भयो ।
जसमा अविनाश कर्णले २० रन, नितेश यादवले १९ रन, नुमार अहमदले १३ रनको योगदान गरे । बलिङमा वाइआरसिसीका लागि राम नरेश गिरीले ६ , नरेन साउद र अमित श्रेष्ठले समान २ लिए ।
७८ रनको विजय लक्ष्य पाएको वाइआरसिसीले ७.५ ओभरमा ४ विकेट गुमाउँदै विजयी भयो । जसमा इमरान सेखले ३० रन, शंकर रानाले १८ रन र लोकेश बमले १४ रन बनाए ।
बलिङमा सिद्धार्थका लागि श्रवण यादव र दिवान पुनले समान २ विकेट लिएका थिए । मवाइआरसिसीका राम नरेश गिरीले प्लेयर अफ दि म्याच घोषित भए र उनले ३ हजार रुपैयाँ पाए ।
शनिवार हुने फाइनलको विजेता टोलीले २ लाख १ हजार र उपविजेता टोलीले १ लाख १ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]