default_image

8 months ago

April 16, 2025

दिल्ली र राजस्थान खेल्दै

630 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ

नयाँ दिल्लीस्थित अरुण जेट्ली क्रिकेट मैदानमा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

राजस्थानले पहिलो दुई खेल हार्दै आइपिएलको सुरुवात गर्यो । त्यसपछि दुई खेल जित्यो । फेरि दुई खेल हारेर ६ खेलमा जम्मा ४ अंक मात्र जोडेको छ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्ली सन्तुलित टोली देखिन्छ। राजस्थानले दिल्ली विरुद्ध आफ्नो प्रदर्शन मजबुत बनाउन मिडल ओभरमा राम्रो गर्ने पर्नेछ। त्यसका लागि घरेलु टोलीमा कुलदीप यादवलाई सहज हुने छैन।

कुलदीप मिडल ओभरमा सबैभन्दा खतरनाक बलरमध्ये एक हुन्। कुलदीपले १८ ओभर बलिङ गर्दै ५.९४ को इकोनोमी रेटमा ९ विकेट लिइ सकेका छन् ।

राजस्थानले आफ्नो अस्थिर ब्याटिङमा सुधार गर्नु जरुरी छ। कप्तान संजु सामसनले अहिलेसम्म एक मात्र अर्धशतक बनाएका छन्। रियान परागको प्रदर्शन पनि एक रुपको छैन ।

नितिश राणाले एक उल्लेखनीय इनिङ खेलेका छन् । पछिल्ला ३ खेलमा २ अर्धशतक बनाएका यशस्वी जयसवाल तुलानात्मक रुपमा स्थिर देखिएका छन्।

दिल्लीमा धेरै समस्या देखिएको छैन । तर जेक फ्रेजर-म्याकगर्कको फर्मले उनीहरूलाई चिन्तित बनाएको हुन सक्छ। उनले ५ खेलमा जम्मा ४६ रन बनाएका छन् । स्ट्राइक रेट १ सय छ । गत वर्षको प्रदर्शनभन्दा यो पटक कमजोर हो ।

दिल्लीले ५ खेलमध्ये ४ खेल जितेको छ ‌। मुम्बई इन्डियन्ससँग पछिल्लो खेलको हारले टोलीलाई केही झस्किएको छ । टोली जतिसक्दो चाँडो लयमा फर्कन चाहन्छ। त्यसमा कमजोर अवस्थामा रहेको राजस्थानलाई पराजित गर्ने टोलीलो लक्ष्य हुनेछ।

८ अंकसहित दोस्रो स्थानमा छ । ४ अंक जोडेको राजस्थान आठौं स्थानमा छ। आइपिएलमा दिल्ली र राजस्थानबीच २९ खेल भएको छ । जसमा दिल्लीले १४ र राजस्थानले १५ खेल जितेको छ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.