8 months ago
April 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लाई जितको लागि १ सय ५८ रनको चुनौति दिएको छ।
रोयल च्यालेन्जर्सले टस जितेर पहिले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५७ रनको योगफल बनायो।
प्राभसिम्रन सिंहले सर्वाधिक ३३ रन बनाउँदा सशांक सिंहले अविजित ३१ रन बटुले। जोश इङ्लिसले २९ रन र प्रियान्स आर्याले २२ रन बनाए।
यस्तै मार्को जेनसेन अविजित २५ रनमा रहे। कुनै पनि खेलाडीले ठुलो स्कोर जोड्न भने सकेनन्। बलिङमा क्रुनाल पाण्डयाले र सुयश शर्माले २ विकेट लिए।
पन्जाब १० अंक सहित अंक तालिकाको तेस्रो स्थानमा छ। रोयल च्यालेन्जर्स भने ८ अंक सहित पाँचौं स्थानमा रहेको छ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]