10 years ago
September 30, 2015
असोज १३ – नयाँ दिल्ली
नयाँ दिल्लीको सेन्ट स्टेफन क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपाली यू–१९ टोलीले अभ्यासमा विजय दाहिया क्रिकेट क्लबलाई बुधबार हराएको छ ।
भारत भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले ४८.४ ओभरमा अलआउट हुँदै २ सय ३९ रन बनाएको थियो ।
कप्तान राजु रिजाले ८२ बलमा ६६ रन र योगेन्द्र कार्कीले ८० बलमा ६२ रन बनाए । राजु र योगेन्द्रले पाँचौं विकेटका लागि १ सय ६ रनको साझेदारी गरेका थिए ।
जवाफमा विजय दाहियाले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय २ रन मात्र बनाउ सक्यो । टोलीका लागि जलाजले १ सय २ बलमा ६ छक्का र १ छक्काको मद्दतमा ८४ रन बनाए । नेपालका लागि आरिफ शेख र कौशल भूर्तेलले समान २ विकेट लिए ।
त्यहाँ टोलीले अझै तीनवटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ । मलेसियामा अक्टुबर १५ बाट सुरु हुने आइसिसी विश्वकप छनोटको तयारीका लागि युवा टोली भारत भ्रमणमा छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]