default_image

8 months ago

April 24, 2025

आरसिबी तेस्रो स्थानमा उक्लियो

1504 views

0 Bookmark

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले राजस्थान रोयल्सलाई ११ रनले हराएको छ।

जितको लागि २ सय ६ रनको चुनौति राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९४ रनमा अल आउट भयो।

ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि ५२ रनको साझेदारी गरे। वैभव १६ रनमा आउट भए। यसपछि यशस्वी अर्धशतकबाट मात्र १ रनले चुके। १९ बलमा ७ चौका र ३ छक्का सहित ४९ रनमा जोश हेजल्उडको बलमा आउट भए।

त्यसपछि राजस्थानले ठुलो साझेदारी बनाउँदै आरसिबीलाई दबाब दिन सकेन। कप्तान रियान पराग २२ रनमा, नितीश राना २८ रनमा र सिम्रोन हेटमेर मात्र १२ रनमा आउट भए।

त्यसपछि ध्रुव जुरेल ४७ रनमा आउट भए। योसँगै राजस्थान १ सय ९४ रनमा समेटियो।

बलिङमा जोश हेजलउडले ४ ओभरमा ३३ रन दिएर ४ विकट आफ्नो नाममा लेखाए। क्रुनाल पाण्ड्याले २ विकेट लिए।

त्यसअघि राजस्थानले‌ टस जित्दै आरसिबीलाई पहिले ब्याटिङको लागि उतार्यो। आरसिबीले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो।

ओपनर फिल साल्ट र विराट कोहलीले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरे। यी दुईले पहिलो पावर प्लेमा ५९ रन जोडे। साल्ट २६ रनमा आउट भए।

त्यसपछि विराटसँग मिलेर देवदत्त पाडिकलले तेस्रो विकेटको लागि ९५ रनको सानदार साझेदारी गरे। यो क्रममा दुवैले अर्धशतक बनाए।

४२ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गर्दै विराटले सर्वाधिक ७० रनको पारी खेले। देवदत्तले २७ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए। यस्तै टिम डेबिटले २३ रन जोड्दा जितेश शर्मा अविजित २० रनमा रहे।

बलिङमा सन्दीप‌ शर्माले २ विकेट लिए। जोफ्रा आर्चर र वानिन्दु हसरङ्गाले समान १ विकेट झारे।

आरसिबीसँग १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। राजस्थानसँग मात्र ४ अंक रहेको छ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.