default_image

8 months ago

April 30, 2025

अष्ट्रेलियाली प्रशिक्षक लबाट नेपाली क्रिकेट के चाहन्छ?

1862 views

0 Bookmark

भुपेन्द्र जि.सी.

अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट लको मुख्य प्रशिक्षणमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै विश्व क्रिकेटमै सनसनी मच्चायो । त्यसको केही दिन अघि ह्युस्टनमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई तीन खेलको सिरिजमा २-१ ले हराएको थियो ।

अप्रिलमा मुख्य प्रशिक्षक बनेका उनले छोटो समयमा सकारात्मक परिवर्तन ल्याएपछि अमेरिकाले उनको कार्यकाल तीन वर्षलाई थपेको थियो । तर त्यसको तीन महिना नबित्दै उनी बर्खास्तीमा परे । अक्टोबर २७ मा नेपालसँग लिग-२ खेल्नु अघिल्लो दिन अप्रत्याशित रुपमा हटाइएका थिए । उनै स्टुअर्ट ल अहिले नेपालको मुख्य प्रशिक्षक बनेका छन् ।

विश्व क्रिकेटको पावर हाउस अष्ट्रेलिया तथा विश्वका विभिन्न टेस्ट टोली सम्हालेका उनीबाट नेपालले धेरै अपेक्षा राखेको छ । अब नेपालले ठूलो फड्को मार्न एसोसिएटमा राज गर्नुपर्ने हुन्छ । त्यसको लागि उनले धेरै बाधा, अवरोध र चुनौतीलाई पूरा गर्न सक्नुपर्दछ ।

सफल हुँदाहुँदै अमेरिकाबाट किन बर्खास्तीमा परे ?

ल बर्खास्तीमा पर्नुको मुख्य कारण अमेरिकी टोलीभित्रको आन्तरिक राजनीति नै कारण रहेको पाइन्छ । अमेरिका बोर्डले उनलाई हटाउनुको अधिकारिक कारण भने खुलाएको थिएन । तर अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कप्तान मोनान्क पटेलसँगको विश्वकप दौरान भएको मनमुटाव नै बहिगर्मनको कारण बनेको थियो ।

विश्वकपमा पाकिस्तानलाई हराउँदा ५० रन जोड्दै प्लेयर अफ द म्याच प्रदर्शनपछि मोनान्कको काँघमा चोट लागेको थियो । खेल्न नसक्ने भएपछि लले उनको स्थानमा अर्को ब्याटरलाई टोलीमा समेट्न खोजेका थिए । मोनांक र अमेरिकी बोर्डका पदाधिकारीहरुले त्यो प्रस्ताव मानेनन् । टोलीमै रहेपनि खेल्न भने उनले बाँकी खल पाएनन् ।

मोनांक विशेषगरी आफ्नो जन्मथलो भारतविरुद्ध न्यूयोर्कमा खेल्दै विशेष क्षण बनाउन खोजेका थिए । तर फिट नहुँदा प्रशिक्षकले मानेनन् । न्यू योर्कमा भारतसँग हार, फ्लोरिडामा आयरल्यान्डसँग नतिजाविहीन बनेपछि अमेरिका सुपर-८ खेल्न एन्टिगुवा र बार्बाडोस पुग्यो । सुपर-८ मा अमेरिका दक्षिण अफ्रिका, वेष्टइण्डिज र इंग्ल्यान्डसँग पराजित भएको थियो । उनी फिट नहुँदा कुनैपनि खेल्न खेल्न पाएनन् ।

अध्यक्ष बेनु पिसिकी, क्लब वा पदाधिकारी अधिकाम्स अमेरिका बोर्डमा भारतीयको बाहुल्यता छ । अमेरिका एक क्रिकेट क्लबका मालिकका अनुसार मोनान्क र अन्य केही खेलाडीसँग बोर्डमा जे भन्यो त्यही हुने खालको पावर छ । अक्टोबर तेस्रो साता ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा अमेरिकाले नेपालसँग तीन खेलको टी-२० आई सिरिजमा क्लिनस्वीप हार बेहोरेको थियो । विश्वकपमा सोही मैदानमा पाकिस्तानलाई हराएको अमेरिकाको नतिजा अपेक्षा अनुसार थिएन । त्यसपछि मोनान्क र ल बीचको मनमुटाव अन्त्य गर्न एउटा बैठक पनि भएको थियो । तर समस्या समाधान हुन सकेन ।

बरु अक्टोबरमा २५ मा लिग-२ मा अमेरिका १ सय ४४ रनमा अल आउट हुँदै स्कटल्यान्डसँग १० विकेटले पराजित भएपछि अमेरिकाले उनलाई बर्खास्त गर्दै पूर्व रणजी खेलाडी विनय कुमारलाई कार्यबाहक प्रशिक्षक बनाएको थियो । त्यसपछि नेपाललाई लिग-२ मा दुवै खेलमा हराएको थियो ।

भारतीय मुलका मोनान्क पटेल, स्मित पटेल, मिलिन्द कुमार, जेसी सिंह, हरमित सिंह, साइतेजा मकामुल्ला तथा पाकिस्तानी मुलका यासिर मोहम्मद र शयान जहाजिंगरले आफूहरुलाई प्रशिक्षकले विभेद गरेको उजुरी एकमुष्ट रुपमा दिएका थिए । त्यसपछि ल अमेरिकाबाट बाहिरिनु परेको थियो । अंग्रेजी राम्रोसँग नबुझ्ने हुँदा भाषा समस्या पनि बताइन्छ । अर्कोतर्फ लले ड्रेसिङ रुमभित्र हुँदा हिन्दी नभएर अंग्रेजी भाषा बोल्नुपर्ने खेलाडीलाई भनेको बताइन्छ ।

के चाहन्छ ल बाट नेपाल ?

नेपालले हरेक प्रशिक्षकबाट अपेक्षा गर्ने भनेको नै ब्याटिङमा आमुल परिवर्तन हो । तर हालसम्म त्यो सम्भव भएको छैन । सन् २०२१ मा डेभ ह्वाटमोर र २०२३ मा मोन्टी देशाई मुख्य प्रशिक्षक बनेपछि ब्याटिङ सुधारमा केही आशा देखाएका थिए । तर त्यो सुधारले घरेलु मैदान टीयुभन्दा बाहिर प्रभाव देखाउन सकेन । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो फड्को मार्न र एसोसिएटमा राज गर्न ब्याटिङ सुधारको बेग ल्याउनु पर्दछ ।

लिग २ र टी-२० विश्वकप एसिया छनोटले नेपाली क्रिकेटको अवको भविष्य निर्माण गर्नेछ । लिग-२ को दोस्रो संस्करणमा सुरुवाती १२ खेलमा नेपालले दुईमा जित हात पारेको छ । अब बाँकी २४ मध्य १६ खेल विदेशी भूमिमा हुँदा नेपाललाई शीर्ष चारमा रहेर विश्वकप छनोट र ओडीआई मान्यता सोझै प्राप्त गर्न सहज हुनेछैन । यी सफलता हात पार्न नेपालले अब कम्तिमा १५ खेल जित्नुपर्ने हुन्छ ।

नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्समा मात्रै ८ खेल खेल्नेछ । त्यसपछि बाँकी ८ खेल युएई र ओमानमा छन् । ब्याटिङमा सुधारविना विदेशी भूमिमा जित निकै कठिन देखिन्छ । घरेलु मैदान टीयुमा पनि स्कटल्याण्ड र अमेरिका जस्ता बलिया टोलीविरुद्ध खेल्ने हुँदा शतप्रतिशत जित निकाल्न निकै कठिन देखिन्छ । २०२६ नोभेम्बरमा टीयुमा अमेरिकासँग बदला लिने ललाई राम्रो अवसर हुनेछ ।

२०२६ को टी-२० विश्वकप खेल्न आगमी अक्टोबरमा ओमानमा हुने आईसीसी टी-२० विश्वकप एसिया इएपी क्षेत्रिय छनोटमा शीर्ष तीनमा पर्नु पर्दछ । छिमेकी मुलुक भारत र श्रीलंकामा हुने हुँदा उक्त विश्वकप खेल्न निकै आवश्यक र महत्त्वपूर्ण छ । उक्त प्रतियोगितामा नेपाल, युएई, ओमान, कतार, कुवेत, जापान, मलेसिया, पपुवा न्युगिनी र सामोआ गरी ९ टोली छन् । जापान र सामोआलाई छाड्ने हो भने जस्ले जस्लाई पनि हराउन सक्ने खुबी राख्छन् । नेपाल उपाधि दाबेदार मानिएपनि ढुक्क हुने अवस्था छैन ।

नेपालको ओडीआई र टी२० आई प्लेइङ ११ मा ९/१० खेलाडी एउटै छन् । अधिकांश खेलाडीले टी२० शैलीमा खेल्न संघर्ष गरेका छन् । नेपाल अघिल्लो महिना मात्रै कुवेतसँग स्तब्ध हुँदै चार देशसम्मिलित सिरिज गुमाएको थियो । नयाँ अनुहारलाई मौका दिदा अबको पाँच महिना अनुभव पर्याप्त हुँदैन । अनुभवीलाई समेट्दा टी-२० शैलीमा रुपान्तरण सहज हुँदैन । टी२० विशेष टिम निर्माण अर्को चुनौती हो ।

ब्याटिङ सुधार विना विश्वकप छनोट र लिग-२ मा दमदार प्रदर्शन मुश्किल बन्नसक्छ । टेस्ट टोलीसँग सिरिज, निरन्तर विदेशमा खेल र प्रशिक्षणको व्यवस्था मिलाउन सक्नुपर्छ । सम्भावना बोकेका युवा क्रिकेटरलाई विदेशमा प्रशिक्षणको व्यवस्था मिलाउन क्यानलाई दबाब दिनसक्नुपर्छ । ब्याटिङ एकै दिनमा सुधार हुँदैन । त्यसको लागि दीर्घकालीन योजना, लगानी र काममा निर्भर हुनेछ । उनीसँग ब्याटिङ सुधारको थुप्रै योजना होलान् । ती योजना पूरा गर्न क्यानले सक्छ वा सक्दैन त्यो अझ महत्त्वपूर्ण बन्नसक्छ ।

केही सिनियर प्रमुख खेलाडी घाइते भएमा नेपालको टोली कमजोर बन्दै आएको छ । मजबुत बेन्च स्ट्रेन्थ तयार अति आवश्यक छ । मोन्टी देशाई पदमुक्त हुनुको मुख्य कारक एउटै खेलाडीलाई बारम्बार अवसर दिनु थियो । अब लले खेलाडीलाई विश्वास दिलाउँदै राम्रो गर्न नसकेपछि निश्चित खेलपछि परिवर्तन गर्ने जोखिम लिनुपर्दछ । खेलाडीले पाउने अवसर, भूमिका, जिम्मेवारी र विश्वास स्पष्ट हुनुपर्दछ । २०२६ को टी-२० विश्वकप, २०२७ को एकदिवसीय विश्वकप हुँदै टेस्ट राष्ट्र नेपालको अवको सपना हुन् ।

दीर्घकालिन विकासलाई स्कुल, कलेज, क्लब र एकेडेमी क्रिकेटमा एउटा योजना बनाउनुपर्दछ । त्यो योजना क्यानबाट लागुपनि गर्न सक्नुपर्छ । जिल्ला, प्रदेश, उमेर समूहका प्रशिक्षकसँग सहकार्य गर्न सकेको खण्डमा मात्रै उनलाई सहज हुनेछ । नेपाल ए को टोलीलाई निरन्तर व्यस्त गराउन क्यानलाई दबाब दिनसक्नुपर्छ । खेलाडी छनोटमा क्यान पदाधिकारीको दबाबबाट उठेर निष्पक्ष गर्ने आट हुनुपर्दछ ।

नेपाली समर्थकलाई खराब नतिजामा धैर्यता गराउन मुश्किल पर्दछ । नेपाली क्रिकेटमा लको लागि अवसर र चुनौती दुवै बराबर छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.