8 months ago
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।
राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो ।
मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय साझेदारी गरे । पहिलो विकेटको लागि १ सय १६ रनको साझेदारी गर्ने क्रममा रायन र रोहित दुवैले अर्धशतक बनाए ।
राजस्थानले पहिलो विकेट झार्न ११ ओभर ५ बल नै कुर्नुपर्यो । ३८ बल खेल्दै ७ चौका र ३ छक्का सहित रायन ६१ रनमा आउट भए । उनको विकेट थिक्सनाले लिए। ३६ बल खेल्दै ९ चौकाका साथ रोहितले ५३ रन जोडे। उनी परागको बलमा क्याच आउट भए ।
यसपछि सूर्य कुमार यादव र कप्तान हार्दिक पाण्ड्याले तेस्रो विकेटको लागि नटआउट ९४ रनको साझेदारी गरे । सूर्य कुमार र हार्दिक दुवैले समान २३ बलबाट समान ४८/४८ रन बनाए । हार्दिकले ६ चौका र १ छक्का प्रहार गरे ।
मुम्बई १२ अंक सहित लिगको तेस्रो स्थानमा छ । मुम्बई सातौं जित निकाल्ने दाउमा छ । संघर्षरत राजस्थानसँग मात्र ६ अंक रहेको छ ।

December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]