default_image

8 months ago

May 2, 2025

संघर्षरत सनराइजर्सलाई प्रतिस्पर्धात्मक चुनौती

686 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले सनराइजर्स हैदरबादलाई जितको लागि २ सय २५ रनको चुनौति दिएको छ।

नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस जितेर सनराइजर्सले गुजरातलाई पहिले ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो।

ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले पहिलो विकेटको लागि ८७ रनको साझेदारी गरे। राम्रो सुरूवात गरेको गुजरातले पहिलो पावर प्लेमा ८२ रन बटुल्यो। साइ सुदर्शन २३ बल खेल्दै ९ चौका सहित ४८ रनमा आउट भए। अर्धशतकबाट २ रनले चुके।

यसपछि क्रिजमा जमेका शुभमनलाई जोश बट्लरले साथ दिए। यी दुईले दोस्रो विकेटको लागि ६२ रनको साझेदारी गरे। सानदार पारी खेलेका शुभमनले मात्र ३८ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ७६ रन जोडे। उनी रन आउट भए।

यसपछि बट्लरले रन जोडे। अर्धशतक बनाएका उनले ३७ बलमा ६४ रन बनाए। वासिङ्टन सुन्दरले २१ रन जोडे।

बलिङमा जयदेव उनादकटले अन्तिम ओभरमा ३ विकेट लिए। प्याटक्युमिन्स, जिशन अन्सारी र समान एक विकेट लिए।

गुजरात १२ अंक सहित लिग तालिकाको चौथो स्थानमा छ। सनराईजर्स भने नवौं स्थानमा रहेको छ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.