default_image

8 months ago

May 4, 2025

लखनउलाई प्रतिस्पर्धात्मक चुनौती

541 views

0 Bookmark

एजेन्सी‌- इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब सुपर किंङ्सले लखनउ सुपर जायन्ट्सलाई २ सय ३७ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका खेलाडीहरूले राम्रो प्रदर्शन गरे। २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३६ रनको योगफल खडा गर्यो।

ओपनर प्रियांन्स आर्या १ रनमा आउट भए पनि अन्य खेलाडीले इनिङ्स सम्हाले। प्राभसिम्रन सिंह सँग दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरेर जोश इङलिस ३० रनमा आउट भए।

यसपछि प्राभसिम्रन र कप्तान श्रेयश अयरले तेस्रो विकेटको लागि ७८ रनको साझेदारी गरे। श्रेयश २५ बलमा ४५ रन जोडेर आउट भए। प्राभसिम्रनको प्रदर्शन उल्लेखनीय रहयो।

उनले ४८ बल खेल्दै ६ चौका र ७ छक्का सहित ९१ रनको सानदार पारी खेले। सशांक सिंह अविजित अविजित ३३ रनमा क्रिजमा रहे।

बलिङमा आकाश सिंह र दिगभेष राथीले २/२ विकेट झारे। यस्तै प्रिन्स यादवले १ विकेट लिए्।

पन्जाब १३ अंक सहित लिग तालिकाको चौथो स्थानमा रहेको छ। लखनउसँग १० अंक छ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.