10 years ago
September 30, 2015
काठमाडौं, असोज १३
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको फाइनल खेलमा सिप्रदी ग्र्पले नबिल बैंकलाई १० रनले हराउँदै सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सिप्रदीका शैलेन्द्र म्यान अफ दि सिरिज भए ,उनले २४ इन्चको एलइडी पुरस्कार जिते भने सिप्रदीले अर्को बर्ष निशुल्क प्रतियोगितामा प्रवेश पाउनेछ ।
एसएस इभेन्ट्सले आयोजना गरेको प्रतियोगितामा बुधबार नै भएको सेमिफाइनलमा सिप्रदीले आइसिएफसीलाई २ रन तथा नबिल बैंकले सेन्चुरी बैंकलाई ६ विकेटले हराएको थियो ।
नबिलका अमिल उत्कृष्ट ब्याट्म्यान, सिप्रदीका चिन उत्कृष्ट बलर र सेन्चुरी बैंकका सुरज तिमल्सिना उन्कृष्ट फिल्डर चुनिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले बयाटिङ गरेको सिप्रदीले ५ ओभरमा ३ विकेट गुमाएर ७९ रन बनायो । टोलीका शैलेन्द्र नेपालीले ११ बलमा ३ छक्का र त्यत्तिनै चौकासहित अविजित ३१ रन बनाए । दीपेश श्रेष्ठले १९ रन थपे । जवाफमा नबिल बैंकले ४ विकेटको क्षेतिमा ६९ रनमात्र बनाउन सक्यो ।
अमित पोखरेलले १३ बलमा अविजित ४० रन बनाएपनि टोलीको हार टरेन । अमिले ३ छक्कार ४ चौका प्रहार गरे । म्यान अफ दि फाइनल चिरन थापाले ३ विकेट लिए । सिप्रदीर्लाइ जित दिलाउने क्रममा उनले मात्र ८ रन खर्चेका थिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]