5 months ago
July 7, 2025
एजेन्सी – भारतले इङ्ग्ल्यान्डसँगको ५ टेस्टको सिरिजमा १-१ को बराबरी गरेको छ। दोस्रो टेस्टमा आइतवार पाहुना टोलीले ३ सय ३६ जित निकाल्दै सिरिजलाई बराबरी पुर्याएको हो ।
पाँचौ तथा अन्तिम दिन जेमी स्मिथले साहसिक प्रतिकार गरे पनि भारतका बलरले इङ्ग्ल्यान्डलाई दोस्रो इनिङमा २ सय ७१ रनमा अल आउट गरेका थिए।
घरेलु टोली इङ्ल्यान्डले ६ सय ८ रनको विशाल लक्ष्य तर्फ आक्रामक रुपमा प्रस्तुत नभई खेल बराबरीमा टुंग्याउने रणनीतिमा देखिएको थियो। तर त्यो सफल हुने सकेन । ३ विकेटको नोक्सानीमा ७२ रनबाट इङ्ग्ल्यान्डले अन्तिम दिनको खेल अघि बढाएको थियो।
भारतीय सिमर आकाश दीपले ओली पोपलाई तेस्रो ओभरमै र ह्यारी ब्रुकलाई २३ रनमा आउट गरे ।
लञ्चअघि अन्तिम ओभरमा बेन स्टोक्स आउट भएपछि टोली दबाबमा पर्यो।
त्यसपछि विकेटकिपर स्मिथले धर्यतापूर्वक ब्याटिङ गरे । पहिलो इनिङमा अविजित १ सय ८४ रनका स्मिथले दोस्रो इनिङमा ८८ रन बनाए। आकाशले आफ्नो आठौं टेस्टमा पहिलोपटक ५ विकेट लिने सफलता हासिल गरे।
आकाशले ब्राइडन कार्सलाई आउट गर्दै ६-९९ को प्रदर्शनसहित खेलमा १० विकेट लिए।
पहिलो टेस्टमा इङ्ल्यान्डको प्रभावशाली जितपछि भारतकाे संभावना माथि शंका गरिँदै थियो। तर अब भारतले एजबास्टनमा नवौँ प्रयासमा पहिलो टेस्ट जित हात पार्यो।
कप्तान शुभमन गिलको दोहोरो शतकसहित भारतले पहिलो इनिङमा ५ सय ८७ बनाएको थियो । गिलको शतकमा ६ विकेटको नोक्सानीमा ४ सय २७ रन बनाउँदै भारतले इनिङ समाप्तिको घोषणा गरेको थियो। इङ्ग्ल्याण्डले पहिलो इनिङमा ४ सय ७ रन बनाएको थियो। तेस्रो टेस्ट बिहीवार लर्ड्समा सुरु हुनेछ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]