default_image

5 months ago

July 7, 2025

अस्ट्रेलियासँग वेस्ट इण्डिज पराजित

430 views

0 Bookmark

एजेन्सी – अस्ट्रेलियाले तेस्रो तथा अन्तिम टेस्टअघि नै घरेलु टोली वेस्ट इण्डिजविरुद्धको सिरिज जितेको छ।

नेशनल क्रिकेट स्टेडियम ग्रिनाडामा सोमवार बिहान सकिएको टेस्टमा अस्ट्रेलियाले वेस्ट इण्डिजलाई १ सय ३३ रनले हराएको छ।

सिरिजमा अस्ट्रेलिया २-० ले अघि रहेको छ । पहिलो टेस्ट अस्ट्रेलियाले १ सय ५९ रनले जितेको थियो ।

२ सय ७७ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज १ सय ४३ रनमा समेटियो । वेस्ट इण्डिजका कप्तान रोस्टन चेस सर्वाधिक ३४ रनमा बनाए ।

शेमार जोसेफ २४, शाई होप १७, ब्रान्डन किंग १४, अल्जारी जोसेफ १३ तथा केसी कार्टी १० रनमा आउट भए ।

अस्ट्रेलियाका लागि नाथन लायन र मिचेल स्टार्कले समान ३, जोस हेजलवुडले २ तथा प्याट कमिंस र बेयु वेबस्टारले समान १ विकेट लिए ।

पहिलो इनिङमा ३३ रनले अघि रहेको अस्ट्रेलियाले दोस्रो इनिङमा २ सय ४३ रन थप्दै २ सय ७६ रनको अग्रता बनाएको थियो ।

दोस्रो इनिङमा अस्ट्रेलियाका क्यामरन ग्रिन र स्टिभ स्मिथले अर्धशतक बनाएका थिए । स्मिथले सर्वाधिक ७१ र ग्रिनले ५२ रन जोडेका थिए । ट्राभिस हेड ३९, एलेक्स क्यारी ३० तथा मिचेल स्टार्क १३ रनमा आउट भए।

वेस्ट इण्डिजका लागि शेमार जोसेफले ४ तथा जस्टिन ग्रेभ्स, जयडेन सेल्स र एण्डरसन फिलिपले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङमा २ सय ८६ रन बनाएको थियो । पहिलो इनिङमा वेस्ट इण्डिजले २ सय ५३ रन जोडेको थियो । अन्तिम टेस्ट आइतवार सुरु हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.