5 months ago
July 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा एसिसी यु-१६ इस्ट जोन कप विजेता नेपाली टोलीका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमवार सम्मान गरेको छ।
काठमाडौं बुढानिलकण्ठस्थित चुनिखेलमा रहेको ‘काठमाडौँ क्रिकेट एकेडेमी’ परिसरमा आयोजित कार्यक्रममा अभयलाई सम्मान गरिएको हो।
एकेडेमीका निर्देशक जगत टमाटा र संचालक मदन कार्कीको प्रमुख उपस्थितिमा अभयको उपलब्धिको कदर गर्दै प्रशंसा गरिएको थियो।
मधेश प्रदेश सर्लाही घर भई पछिल्लो चार महिनादेखि उक्त एकेडेमीमा नियमित प्रशिक्षणरत अभयले सिंगापुरविरुद्धको फाइनलमा ३ विकेट लिँदै प्लेयर अफ द म्याच बनेका थिए । त्यस्तै ब्याटिङमा पनि उनले अविजित १० रन जोडेका थिए।
प्रतियोगिता अभयले ५ खेलमा १० विकेट लिँदै नेपालको दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।
गत महिना सुर्खेतमा सम्पन्न टिबी शाह मेमोरियल यु-१६ प्रतियोगितामा पनि उनले ७ खेलमा १९ विकेट लिँदै उत्कृष्ट बलरको उपाधि जितेका थिए।
सोहि अवसरमा एकेडेमीका संचालक मदन कार्कीले यादवलाई आगामी दिनमा क्रिकेट प्रशिक्षणका लागि पूर्ण छात्रवृत्तिको घोषणा गरेका छन्।

‘अभयले देखाएको मेहनत, अनुशासन र लगावले आजको उपलब्धि सम्भव भएको हो। यस्ता प्रदर्शनबाट अन्य विद्यार्थी पनि प्रेरित होउन् भन्ने हाम्रो अपेक्षा छ,’ कार्कीले भने।
एकेडेमीका निर्देशक टमाटाले पनि अभयलाई मेहनती र लगनशील विद्यार्थीको रुपमा वर्णन गर्दै भने, ‘कुनै पनि विद्यार्थीले यदि निरन्तरता, मेहनत र समर्पणका साथ अगाडि बढ्यो भने, अभयले जस्तै सफलता पाउन सक्छ।’
सम्मानित भएपछि अभय यादवले भने, ‘खेल्दा देशको भावना चाहिन्छ भन्ने कुरा प्रशिक्षक टमाटाले सधैं सिकाउनुहुन्थ्यो, मैले त्यो याद राखेर खेलेँ। मेहनत गरे सफलता पक्कै मिल्छ।’
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]