5 months ago
July 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा आयोजना हुने टप इण्ड टि ट्वान्टी सिरिजमा सहभागी रहने सबै टोलीको टुंगो लागेको छ ।
सिरिजको आयोजक उत्तरी क्रिकेट संघ (एनटी)ले सोमवार विज्ञप्तीमार्फत प्रतियोगितामा ११ टोलीको सहभागिता रहने जनाएको छ ।
एनटीका अनुसार सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।
त्यस्तै सिरिजमा बिगबास लिग (बिबिएल) का हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीहरु सहभागी हुने छन् । स्थानिय दुई टोली प्रतियोगितामा सहभागिता रहने बताइएको छ ।
सिरिज अगस्ट १४ देखि २४ सम्म डर्विनमा हुने छ । नेपाली टोलीले अस्ट्रेलियामा यो सिरिजका साथै टि ट्वान्टी विश्व कप २०२६ को एसिया छनोटको तयारी गर्नेछ । विश्वकपको एसिया छनोट ओमानमा अक्टोबर १ देखि १७ सम्म हुनेछ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]