5 months ago
July 8, 2025
एजेन्सी – दक्षिणी अफ्रिकाका टेस्ट कप्तान विइन मुल्डर एकै इनिङमा टोलीका लागि सर्वाधिक व्यक्तिगत रन बनाउँने खेलाडी बनेका छन् ।
जिम्बाब्वेविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा मुल्डरले ३ सय ६७ रनमा अविजित रहदै सर्वाधिक रन बनाए । यसअघि अफ्रिकाका लागि सन् २०१२ मा हसिम अम्लाले इङ्ग्ल्याण्डविरुद्ध अविजित ३ सय ११ रन बनाएका थिए ।
मुल्डर टेस्ट क्रिकेटको एकै इनिङमा सर्वाधिक व्यक्तिगत रन बनाउँनेमा पाँचौ स्थानमा रहे । टेस्टमा एकै इनिङमा बनाएको सर्वाधिक रन वेस्ट इण्डिजका ब्रायन लाराको नाममा रहेको छ । लाराले सन् २००४ मा इङ्ग्ल्याण्डविरुद्ध अविजित ४ सय रन बनाएका थिए ।
मुल्डर कम बलमा ३ सय रन पूरा गर्ने दोस्रो खेलाडी बने । उनले २ सय ९७ बलमा ३ सय रन पूरा गरेका थिए । यो सूचीको पहिलो स्थानमा रहेका भारतका वीरेन्द्र सेहवागले २ सय ७८ बलमा ३ सय रन पूरा गरेका थिए ।
मुल्डर कप्तानको रुपमा एकै इनिङमा ३ सय रन पूरा गर्ने पहिलो क्रिकेटर समेत बनेका छन् । उनको अविजित ३ सय ६७ रनको सहयोगमा ५ विकेट गुमाएर ६ सय २६ रन बनाउदै दक्षिण अफ्रिकाले पहिलो इनिङ समाप्तिको घोषणा गर्यो ।
अफ्रिकाका लागि डेबिड बेडिनह्याम ८२, लुहान डिर प्रिटोरियस ७८, डिवाल्ड ब्रेबिस ३० रनमा बनाए ।
जवाफमा जिम्बाब्वे पहिलो इनिङमा १ सय ७० रनमा अल आउट हुँदै ४ सय ५६ रनले पछि पर्यो । दक्षिण अफ्रिकाले फलोअन दिएपछि लगत्तै दोस्रो इनिङको सुरुवात गरेको जिम्बाब्वेले दोस्रो दिनको खेल सकिँदा १ विकेट गुमाएर ५१ रन जोडेको छ । जिम्बाब्वे अझै ४ सय ५ रनले पछि छ ।
दुई टेस्टको सिरिजमा दक्षिण अफ्रिका १-० ले अघि रहेको छ । पहिलो टेस्ट पाहुना टोलीले ३ सय २८ रनले जितेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]