default_image

5 months ago

July 11, 2025

रुटको शतकमा इङ्ग्ल्याण्डको बलियो योगफल

596 views

0 Bookmark

एजेन्सी – पुर्व कप्तान जो रुटको शतकको सहयोगमा घरेलु टोली इङ्ग्ल्याण्डले भारतविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा बलियो योगफल तयार गरेको छ ।

इङ्ग्ल्याण्डको लड्समा जारी तेस्रो टेस्टमा इङ्ग्ल्याण्डले पाहुना टोली भारतविरुद्ध पहिलो इनिङमा ३ सय ८७ रनको बलियो योगफल तयार गरेको हो । टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ३ सय ८७ रनमा सबै विकेट गुमाएको हो ।

घरेलु टोलीका लागि रुटले शतकीय इनिङ खेले । ३७औं शतक पूरा गर्ने क्रममा १० चौकाकाे सहयाेगमा १ सय ४ रन प्रहार गरेका थिए । रुटले भारतविरुद्ध आफ्नो ११औं विकेट पूरा गरे । घरेलु टोलीका लागि जेमी स्मिथ र वायडेन कार्सले अर्धशतक पूरा गरे ।

कार्स ५६ तथा स्मिथ ५१ रनमा आउट भए । कप्तान बेन स्टोक्स र ओली पोप समान ४४, बेन डकेट २४ तथा ज्याक क्रलि १८ रनमा आउट भए ।

पाहुना टोलीका लागि जसप्रित बुमराहले २७ ओभरमा ७४ रन खर्चिएर ५ विकेट लिए । नितिश कुमार रेड्डी र मोहम्मद सिराजले समान २ तथा रविन्द्र जडेजाले १ विकेट लिए ।

पाँच खेलको टेस्ट सिरिज १-१ को बराबरीमा रहेको छ । पहिलो टेस्ट घरेलु टोलीले जित्दा दोस्रो टेस्टमा पाहुना टोली विजयी भएका थिए ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.