default_image

5 months ago

July 12, 2025

भारतको मध्यम सुरुवात

497 views

0 Bookmark

एजेन्सी – भारतले घरेलु टोली इङ्ग्ल्याण्डविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा मध्यम सुरुवात गरेको छ ।

लड्समा घरेलु टोली ३ सय ८७ रनमा समेटिएपछि पहिलो इनिङको सुरुवात गरेको भारतले दोस्रो दिन शुक्रवारको‌ खेल सकिँदा ३ विकेट गुमाएर १ सय ४५ रन जोडेको छ ।

भारतका केएल राहुल ५३ र ऋषभ पन्त १९ रनमा अविजित छन् । कप्तान शुभमन गिल १६, करुन नायर ४० तथा यशस्वी जैसवाल १३ रनमा आउट भएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पूर्व कप्तान जो रुटको शतक सहयोगमा ३ सय ८७ रन बनाएको थियो ।

रुट १० चौकाको सहयोगमा १ सय ४, बायडन कार्स ५६ तथा जेमी स्मिथ ५१ रनमा बनाएका । कप्तान बेन स्टोक्स र ओली पोप समान ४४ तथा बेन डकेट २३ रनमा आउट भए ।

भारतका जसप्रित बुमराहले २७ ओभरमा ७४ रन खर्चिएर ५ विकेट लिए । नितिश कुमार रेड्डी र मोहम्मद सिराजले समान २ तथा रविन्द्र जडेजाले १ विकेट लिएका थिए।

५ टेस्टको सिरिज १-१ को बराबरीमा छ । पहिलो टेस्टमा इङ्ग्ल्याण्ड र दोस्रोमा भारत विजयी भएको थियो।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.