default_image

5 months ago

July 20, 2025

टि ट्वान्टी विश्व कपमा ३२ टोलीको सम्भावना

7971 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भविष्यमा टि ट्वान्टी विश्व कपमा ३२ टोली बनाउने सम्भावना बारे काम गर्न ६ सदस्यीय समिति गठन गरेको छ ।

सिंगापुरमा शनिवार भएको आइसिसीको वार्षिक साधरण सभामा उक्त ६ सदस्य समितिमा भारत, अष्ट्रेलिया र इंग्ल्यान्डका पदाधिकारी रहने अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

समितिले ३२ टोलीको सम्भावना बारे सुझाव प्रस्तुत गरेपछि आईसीसीले निर्णय गर्नेछ । ३२ टोली आयोजना गर्न सम्भव भएमा उक्त निर्णय २०२६ को टि ट्वान्टी विश्वकपपछि मात्रै लागु हुनेछ ।

पछिल्लो समय टि ट्वान्टी क्रिकेटमा एसोसिएट राष्ट्रले लगातार सानदार प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

अघिल्लो सातामात्रै युरोप क्षेत्रको छनोटमा इटालीले एसोसिएटको शीर्ष टोली स्कटल्यान्डलाई पछि पार्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको थियो । युगान्डाले टेस्ट टोली जिम्बावेलाई पछि पार्दै २०२४ विश्वकपमा स्थान बनाएको थियो ।

२०२४ देखि टि ट्वान्टी विश्व कपमा २० टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् । त्यसअघि १६ टोलीले विश्वकप खेल्ने गरेका थिए । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने २०२६ को टि ट्वान्टी विश्वकपमा २० टोलीले खेल्नेछन् ।

आईसीसीले विश्वकप छनोटमा एसिया इस्ट प्यासिफिकबाट ३, अफ्रिका र युरोपबाट समान २ तथा अमेरिका क्षेत्रबाट १ टोलीलाई छनोटमा स्थान दिँदै आएको छ ।

३२ टोली पुगेको खण्डमा सबै क्षेत्रिय छनोटमा संख्या बढ्ने हुँदा नेपाललाई विश्वकपमा पुग्न सहज हुनेछ । २०२६ को विश्वकप खेल्न नेपालले आगमी अक्टोबर दोस्रो सातादेखि ओमानमा हुने टि ट्वान्टी एसिया क्षेत्र छनोटमा शीर्ष तीनमा स्थान बनाउन सक्नुपर्छ । नेपाल, कुवेत र जापान समूह बी मा छन् ।

समूह ए मा मलेसिया, कतार र युएई छन् । समूह सी मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सका शीर्ष तीन टोली विश्वकपमा पुग्नेछन् ।

को को पुगे २०२६ को विश्वकपमा ?

आयोजक भारत र श्रीलंकासँगै गतवर्ष सुपर ८ मा पुगेका अफगानिस्तान, बंगलादेश, अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइण्डिज र अमेरिकाले सोझै विश्वकपमा स्थान पाएका थिए ।

सुपर–८ मा पुग्न नसकेपनि पाकिस्तान, न्युजिल्याण्ड र आयरल्यान्ड टि ट्वान्टी वरीयतामा माथि रहँदै सोझै विश्वकपमा पुगेका थिए ।

क्षेत्रिय छनोटमा अमेरिकाबाट क्यानडा तथा युरोपबाट इटाली र नेदरल्यान्ड्सले स्थान बनाई सकेका छन् । अगामी सेप्टेम्बर अक्टोबरमा हुने अफ्रिका क्षेत्रबाट दुई टोली आउनेछन् । उक्त अफ्रिका छनोटमा जिम्बावे, केन्या, बोस्टवाना, मालवी, नामिबिया, नाइजेरिया, तान्जिनिया र युगान्डा छन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.