4 months ago
July 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ ( क्यान) ले लगातार दोस्रो पटक आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट अफ द इयर अवार्ड प्राप्त गरेको छ ।
सामाजिक संजालमा समर्थकहरुको संलग्नतामा उच्च कार्य गरेको भन्दै नेपालले आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट अफ द इयर अवार्ड जितेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को सिंगापुरमा भएको वार्षिक कन्फ्रेन्स क्रममा नेपाललाई आइसिसीका प्रमुख जय साहले सो अवार्डबाट सम्मानित गरेका हुन् ।
विभिन्न विधाको विजेता घोषणा गर्दा नेपालले आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट अफ दि इयरको अवार्ड जितेको हो ।
एसिया क्षेत्रको अन्य देशलाई पछि पार्दै नेपालले केही साता अघि क्षेत्रीय अवार्ड प्राप्त गरेको थियो । अन्य क्षेत्रका विजेतालाई पछि पार्दै नेपालले ग्लोबल अवार्ड जितेको हो ।
आइसिसीको कन्फ्रेन्समा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्का सहगागी थिए।
November 15, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको लागि नामिबियाका अलराउन्डर जेजे (जोहानेस जोनाधान) स्मिथलाई अनुबन्ध गरेको छ । लुम्बिनीले यो सिजनका लागि अनुबन्ध गरेको स्मिथ पाँचौ विदेशी खेलाडी हुन्। लुम्बिनीले यसअघि अष्ट्रेलियाका ब्याटर डार्शी सर्द, इटलीका पेस बलर थोमस ड्राका, अफगानिस्तानका अलराउण्डर गुल्बादिन नहब र नामिवियाके बलर रुबेन ट्रम्पलम्यानलाई अनुबन्ध गरेको […]
November 14, 2025
हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]